AArya
RUMPUM
animated ellipse animated ellipse

राजनीतिमा महिला सहभागिता न्यून

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० मंसिर २०७३, सोमबार १८:२३
3
Shares
२०, मंसिर, विराटनगर/ राजनैतिक नियुक्ती हुन सक्ने ठाउँमा समेत महिला सहभागिता समान हुन नसकेको बताइएको छ ।
जागरण नेपाल विराटनगरले आयोजना गरेको राज्य र राजनैतीक दलहरुको नितिमा महिला लैगिक समानताको अबस्थाको पुनरावलोकनको जानकारी तथा अन्तरक्रिया कार्यक्रममा सहभागित कार्यक्रममा राजनीतिक नियुक्ती हुने स्थानमा समेत २० प्रतिशत भन्दा कम मात्र नियुक्ती हुने गरेको बताएका हुन ।
राजतैतिक दलको नेतृत्वमा महिलाको संख्या २० प्रतिशत भन्दा माथि उठ्न नसकेको, कतिपय जिल्ला तथा गाउँहरुमा १५ प्रतिशत मात्र महिला सहभागिता रहेको कार्यपत्र प्रस्तुत गर्दै दिपक बत्यालले जानकारी दिए ।
राजनैतीक दलहरुको केही भातृ संगठनहरुमा महिला नेतृत्वमा भएको देखिएपनि प्रमुख संगठनको नेतृत्वमा १० देखि १५ प्रतिशत मात्र रहेको छ ।
बत्यालका आनुसार निजामती कर्मचारीमा ११ प्रतिशत मात्र महिला सहभागिता पुगेको छ भने राजपत्र अंकित कर्मचारी महिलाको संख्या ९ प्रतिशतमात्र रहेको छ । कार्यक्रममा सहभागितहरुले महिलाको समावेशी सहभागिताकालागि सबैको उतिकै सहयोगको खाँचो रहेको बताएका थिए ।
जागरण नेपालका कार्यक्रम संयोजक प्रतिक्षा बस्नेतले महिलाको राजनैतिक अवस्थामा केही सुधार आएपनि नेतृत्वमा नै पुग्न नसकेको बताइन ।
महिलाको समावेशी सहभागिताकालागि जागरण नेपालले गभर्नेन्स फेसिलिटिको सहयोगमा मोरङ जिल्लाका ४ वटा गाविस हातीमुडा, कटहरी, टंकीसिनवारी, सिसवनी जहदा र एउटा नगरपालिका सुन्दर दुलारी नगरपालिकामाबिशेषगरी सिमान्तकृत समुदायको स्थानीय शुसाशन, निर्वाचन, निर्णायक तह र राजनीतीमा सहभागिता सवलीकरणमा जोड दिँदै आएको छ। साथै महिलाको राजनीतीमा पहुँच बढाउने काम समेत गर्दैआएको सोही अवसरमा जानकारी दिईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर