AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

गोरेसँगको उठबस गर्नेको निदहराम !

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ बैशाख २०७५, मंगलवार ०६:४५
3
Shares
उर्लाबारी / बहुचर्चित सुन काण्डका मुख्य नाइके मानिएका मोरङको उर्लाबारीका चुणामणि उप्रती (गोरे) सँग दिनहुँ निकटतामा रहेका कारण उर्लाबारी र आसपासका केही ब्यक्तिहरु शंकाको घेरामा तानिएका छन् ।

प्रहरी स्रोतका अनुसार गोरेसँग साँठगाँठ र कारोबार गर्नेहरुलाई नियन्त्रणमा लिने तयारी भइरहेको छ । स्थानीय स्तरमा नवधनाढ्यको रुपमा चिनिएका ती ब्यक्तिहरुलाई प्रहरीले निगरानी राखिरहेको छ ।

गोरेले स्थानीय राजनीतिक अगुवादेखि केही सुन ब्यापारी र होटल व्यवसाय तथा ठेक्कापट्टामा लगानी गरेका ब्यक्तिहरुसँग उठबस गर्दै आएको खुलेकाले अनुसन्धान त्यसतर्फ मोडिएको छ । प्रहरीले फेला पारेको गोरेको हिसावकितावको लेजरमा रहेका सबै नामहरुमा अनुसन्धान भइरहेको छ ।

गत स्थानीय तहको चुनावमा केही उम्मेद्वारको प्रचार सामाग्री खर्च गोरेले उपलब्ध गराएका थिए । गोरेले नगद तथा जिन्सी दिएको टिपोट गरेको पाईएको प्रहरी स्रोतको भनाइ छ । यस्तै, उर्लाबारी र दमकका केही होटलमा गोरे दिनहुँ ‘जाँड पार्टी’ मा रम्नेहरुलाई पनि प्रहरीले ‘मार्क’ गरेको छ । उर्लाबारीको मन्डेदेखि दमकको वन्डरल्याण्ड र कामाक्षा होटल गोरेको अखडा भएको खुल्न आएको छ ।

ती होटलमा बसेर गोरेले निकटका मान्छेहरुसँग सुन तस्करीको योजना बुन्ने गरेको बताइन्छ । ससुराली झापाको कमल र स्थायी ठेगाना मोरङको उर्लाबारी–७ भएपनि गोरेको बसाई वन्डरल्याण्ड र कामाक्षा होटलमा हुने गरेको थियो ।

उर्लाबारीको मन्डे होटलमा भने साँझ ‘जाँड पार्टी’ गर्ने गरेका थिए । उर्लाबारी र दमकका केही सुन ब्यापारीहरुसँग ती होटलमै रहेर गोरेले सुनको कारोबार गर्ने गरेको स्रोतको दाबी छ ।

प्रहरीले निगरानी बढाएपछि गोरेसँग साँठगाँठ गर्ने ‘ठूलाबडा’ हरु हतास मुद्रामा देखिएका छन् । सन्देहको घेरामा रहेका ब्यक्तिहरुले गोरेसँग खानपान गरेको स्वीकारे पनि उनको कारोबारका बारेमा अनभिज्ञता प्रकट गर्ने गरेका छन् । गोरेले अबैध सुनको कारोबार गर्ने गरेको थाहा भएपनि बेखबर झैं रहेर उनीसँग निकटता बढाएर लाभ लिनेहरुको लामै सूचि छ । यो खबर आजको जनविद्रोह दैनिकले छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर