पूर्वाञ्चल खबर
खत्रीले सामान्य नागरिक सरह स्वतन्त्र पूर्वक रुपमा जीवन यापन गर्दै नेपालको कानूनलाई आत्मसाथ गरेर अघि बढ्ने विज्ञप्तिमा उल्लेख गरेका छन् । नेपालले पार्टीको सदस्य भए पनि अहिले सम्म पार्टीका नाममा भएका कुनै पनि अराजक र उसृङखल गतिविधीमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारे । उनलाई पार्टीको सदस्य भएकै कारण स्थानीय तह निर्वाचनका बेला गत असार १४ गते र प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनका बेला कात्तिक २८ गते प्रहरीले घरैबाट पक्राउ गरेर हिरासतमा राखेको थियो ।
उनीविरुद्ध प्रहरीले सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्धा दर्ता गरेको थियो । अहिले पनि नेपालले त्यही मुद्धाको तारेख खेपीरहेका छन् । नेपालले अहिले सम्म कुनै पनि गलत गतिविधीमा आफ्नो संलग्नता नभएको स्पष्ट पार्दै भने, ‘पार्टीले राम्रै गर्ला भनेर समर्थक बनेको थिएँ । पछिल्लो समयका गतिविधी जन विरोधी हुँदै गएको पाएँ ।’