RUMPUM
animated ellipse animated ellipse

पत्रकार महासंघ प्रदेश अध्यक्षमा बिक्रम लुइटेल निर्वाचित महासचिवमा बिबेक गौतम निर्वाचित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ बैशाख २०७५, शनिबार २१:३७
3
Shares
विराटनगर/ पत्रकार महासंघ प्रदेश समितिको अध्यक्षमा विक्रम लुइटेल निर्वाचित भएका छन् । शनिवार भएको निर्वाचनमा स्वतन्त्र उम्मेद्वार गोपाल देवानलाई पराजित गर्दै प्रेस यूनियन, प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त प्यानलका उम्मेद्वार लुइटेल निर्वाचित भएका हुन् । लुइटेलले ९३१ मत प्राप्त गरेका थिए भने देवानले १६२ मत प्राप्त गरेका थिए ।

प्रेस चौतारीको केन्द्रीय लेखा आयोग संयोजक समेत रहेका लुइटेल लामोसमय देखि विराटनगरमा रहेर पत्रकारिता क्षेत्रमा कृयासिल छन् ।

महासंघको उपाध्यक्षमा शोमनाथ सुसेली,महिला उपाध्यक्ष स्मीता निरौला, महासचिवमा बिबेक गौतम निर्वाचित भएका छन् । शुसेली इलामका बासिन्दा हुन् । उनी प्रेस युनियनबाट उपाध्यक्षको उम्मेद्वार बनेका थिए ।

संयुक्त प्यानलका उपाध्यक्षका उम्मेद्वार सुसेलीले ९२३ मत प्राप्त गर्दा स्वतन्त्रका उम्मेद्वार बिजय खतिवडाले १५६ मत प्राप्त गरेका थिए । महिला उपाध्यक्षमा निरौलाले ८५४ मत प्राप्त गरेकी थिइन् । स्वतन्त्र उम्मेद्वार ममता चाम्लीङले २१० मत प्राप्त गरेका थिइन् ।

महासचिवमा संयुक्त प्यानलका विबेक गौतमले ८८४ मत प्राप्त गरेका थिए भने स्वतन्त्र उम्मेद्वार कमन देवानले १९० मत प्राप्त गरेका थिए । गौतम प्रेस सेन्टरका केन्द्रीय सचिव हुन् । उनी विराटनगरबाट प्रकाशित हुने जनविद्रोह दैनिकका प्रधानसम्पादक पनि हुन् ।

समावेशी सचिवमा संयुक्त प्यानलका बुद्धविर राई निर्वाचित भएका छन् । सदस्यहरुमा संयुक्त गठबन्धनको खुला तर्फ डिल्लीराम खतिवडा, तिर्थ सिग्देल बुद्धिप्रसाद लामिछाने, बिपेन्द्र गौतम र शशि कोइराला बिजयी भएका छन् । समाबेसी मधेसी तर्फ ब्रम्हदेव यादव र जयकिसन यादव निर्वाचित भएका छन् ।
लागि १९ जना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर