AArya
RUMPUM
animated ellipse animated ellipse

जेष्ठ नागरिक तथा अपाङगलाई सम्मान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ बैशाख २०७५, शनिबार २०:४३
3
Shares
पथरी / मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ४ ले वडाका ७० बर्ष नाघेका जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गरेको छ ।

पथरीशनिश्चरे–४ स्थिथत जनकल्याण आधारभुत विद्यालयमा आयोजित कार्यक्रमा ३० जना जेष्ठ नागरिकहरुलाई लौरो तथा झुल र २५ जना अपाङलाई फेन, ३ जनालाई कपडा र ५ जनालाई झुल वितरण गरएको छ ।

सम्मान कार्यक्रमा पूर्व सांसद चण्डिपसाद राई, प्रदेश सांसद कृष्णकुमारी राई, ४ नं. वडाध्यक्ष गोविन्दबहादुर भण्डारी, वडा सदस्यहरु अमर बराइली, दिलु मगर र तुलसा दर्जीले झुल तथा छाता वितरण गरेका थिए ।

सो अवसरमा अपाङग समन्वय समितिका अध्यक्ष मोहन दर्जी, जेष्ठ नागरिक समन्वय समितिका अध्यक्ष रुद्रबहादुर कटुवाल, सुकुम्बासी समस्या समाधान समन्वय समितिका जहरमान लिम्बु, युवा समाजसेवी लोककिरण न्यौपाने लगाएतले समेतले सामग्री वितरण गरे ।

जेष्ठ नागरिक समन्वय समितिले आयोजना गरेको कार्यक्रममा जेष्ठ नागरिक अन्तर्गत ५० हजार र अपाङ्गता भएका व्यक्ति अन्तरगत ५० हजार रुपैयाँ लक्षित बजेट रहेको थियो । जस अन्तरगत १ सय जना ७० बर्ष नाघेका बृद्धबृद्धालाई सम्मान गरिएको छ भने ३० जना अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर