AArya
RUMPUM
animated ellipse animated ellipse

३३ किलो सुन प्रकरण : ६३ बिरुद्ध चार मुद्धा भिडियो सहित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ बैशाख २०७५, बुधबार २०:५१
3
Shares
विराटनगर/ ३३ किलो सुन र सनम शाक्यको हत्या प्रकरणमा सात जना बहालवाला प्रहरी सहित ६३ जना विरुद्ध जिल्ला अदालत मोरङमा मुद्धा दर्ता भएको छ । आज बहावलाला ७ प्रहरी सहित ६३ जना विरुद्ध ‘अपराधिक समुह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरिर बन्धक र कर्तब्य ज्यान मुद्धा दर्ता भएको हो ।

सन २०१५ जुलाई यता १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ७३ रुपैया बरावरको ३७ लाख ९९ हजार ५सय ६३ ग्राम अबैध रुपमा सुन आयात गरिएको दावि सहित प्रहरीले मुद्धा दर्ता गरेको हो ।

प्रहरीले आज मुद्धा दर्ता गराएपनि समय अभावका कारण बहस सुरु भएन् । मुद्धामा बहस बिहिवारदेखि सुरु हुने जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले जानकारी दिए ।

दुलालका अनुसार पक्राउ परेकाहरुमा बहालवाला प्रहरी अधिकृत एसएसपी दिवेश लोहनी, प्रहरी उपरीक्षक विकाशराज खनाल, प्रहरी नायव उपरीक्षक सञ्जय राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेल र प्रहरी जवान बिष्णु खडका सहित २९ जनालाई बुधवारदेखि न्यायीक हिरासतमा राखिएको छ । त्यस्तै टेकराज मल्ल ठकुरी, मोहन काफ्ले, लाक्पा शेर्पा, मदनप्रसाद घिमिरे, नरेन्द्र कार्की, राजन कुमार, भूजुङ गुरुङ, राजेन्द्रकुमार शाक्य, महाविरप्रसाद गोल्यान, बालकृष्ण सञ्जेल, लालबहादुर मगर विरेन्द्रमान श्रेष्ठ,सम्बीरप्रसाद तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, दोराम खत्री, कपिलराज पुरी, गोपालकुमार श्रेष्ठ, पुन्यप्रसाद लामा तामाङ, हेमन्त गौतम, राजु महर्जन, राजु थापा, अमरमान डंगोल, तुलाराम थारु पनि हिरासतमा छन् ।

गत,माघ ७ गते विमानमा दुवईबाट तस्करहरुले ल्याइएका साढे ३३ किलो सुन त्रिभुवन विमानस्थल काठमाडौंबाट हराएको थियो । हराएको सो सुन वेपत्ता पारेको भनेर तस्कर समूहमाथि मोरङको उर्लाबारी बस्ने सनम शाक्यलाई अपहरण गरी हत्या गरेको आरोप छ । उनको शव विराटनगरमा गत, फागुन १८ गते एउटा गाडीमा फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर