RUMPUM
animated ellipse animated ellipse

एमालेको एकल बहुमतले मात्रै राष्ट्रिय स्वाभिमान र विकासको समृद्धि आउँछ: अध्यक्ष ओली

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० मंसिर २०८०, शनिबार १७:२०
117
Shares
फिदिम / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको एकल बहुमत आएमात्रै देश समृद्ध हुने दाबी गरेका छन् ।

आव पाँचथरको फिदिममा आयोजित बृहत् आमसभामा बोल्दै ओलीले एमालेको एकल बहुमतले मात्रै राष्ट्रिय स्वाभिमान र विकासको समृद्धि आउने उनले बताए ।

एमाले सधैं राष्ट्रियताको रक्षाको पक्षमा रहेको बताउँदै ओलीले जनताको मनोबल माथि उठाउन र विश्वास बढाउन समृद्धिका लागि संकल्प यात्रा सुरु गरेको बताए ।
अध्यक्ष ओलीले भने, ‘देश बनाउने संकल्प बोकेको एमालेले मात्रै समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न सक्छ । त्यसका लागि सबैले हामीलाई सहयोग गर्न आवश्यक छ ।’

यस्तै उनले एमाले सरकारबाट हटेपछि देशमा अस्थिरता, अराजकता, र अशान्ति बढेर गएको बताए । उनले भने, ‘देश विकास हुन सकेको छैन् । देश कङ्गालीतर्फ धकालिदैछ । सरकारको बेइमानी चिर्न तपाईंहरुले एमालेलाई विश्वास गर्न जरुरी छ ।’

कृषि उत्पादन र प्रविधिको प्रयोगमा एमालेले ध्यान दिने ओलीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर