RUMPUM
animated ellipse animated ellipse

६५ वर्षपछि खुसीको अँगालो, दुर्इ काेरियाले बाचा पुरा गर्लान ?

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ बैशाख २०७५, शनिबार ०४:५१
3
Shares
गोयाङ / दुई कोरियाको सीमा क्षेत्रमा भएको ऐतिहासिक वार्तापश्चात् उत्तरका नेता किम जङ अन तथा दक्षिणका राष्ट्रपति मुन जे इनले कोरियाली प्रायद्वीपलाई परमाणु अस्त्र मुक्त पार्न काम गर्ने बाचा गरेका छन्।

सन् १९५३ मा युद्धविराममा टुंगिएको कोरियाली युद्धलाई स्थायी रूपमा अन्त्य गर्ने एक शान्ति सन्धि यसै वर्ष गरिसक्ने सहमति पनि दुई नेताले गरेका छन्।

केही महिनाअघिको वाकयुद्धको स्थितिपश्चात् अहिले दुई देशबीच वार्ताको अवस्था आइपुगेको हो।

शान्तिको आकांक्षा

वार्तापश्चात् बोल्दै किम जङ – उनले दुई कोरियाले झगडा गर्नुपर्ने कुनै कारण नरहेको भन्दै शान्तिप्रतिको चाहना दर्शाए। उनले दुवै देश एक हुनुपर्ने भने तर आफ्नो देशको अस्त्र विकासबारे केही बोलेनन्। दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले ले दुवै जनाले कोरियाली प्रायद्वीपको पूर्ण परमाणु निःशस्त्रीकरणमा प्रतिबद्धता जनाएको बताए।

त्यस्तो निःशस्त्रीकरणका विस्तृत विवरण दिइएको छैन। कतिपय विश्लेषकले अझै पनि उत्तर कोरियाको प्रतिबद्धताप्रति शंका व्यक्त गरेका छन्। वार्ता दुवै कोरियाबीचको सम्बन्धमा महिनौंदेखि भइरहेको सुधारको नतिजा हो।

किमले अघिल्लो साता केही समयका लागि परमाणु परीक्षण स्थगित गर्ने घोषणा गरेका थिए। दुई कोरियाली नेताको बैठकमा दक्षिण कोरियाका राष्ट्रपति मुन जे-इन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनसहितको दुवै देशका नेताले एक आपसमा पटक पटक भेटवार्ता गर्ने र सम्बन्धलाई थप मजबुद बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । आजको अन्नपूर्ण पोस्टले समाचर छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर