पूर्वाञ्चल खबर
आज साँझ विराटनगरमा एक कार्यक्रम विच समाजले नयाँ बर्ष २०७५ को क्यालेण्डर सार्वजनिक गरेको हो ।
मञ्चले हरेक वर्ष निकाल्दै आएको बार्षिक क्यालेण्डरलाई कार्यक्रमका प्रमुख अतिथी सामाजिक विकास मन्त्री जीवन घिमीरे तथा ईलामबाट प्रतिनिधीत्व गर्दै प्रदेश साँसद राम राना, खिनुकुमारी थेवे, ईलाम मोरङ सम्र्पक मञ्चका अध्यक्ष मदन भट्टराईलगायतले सयुक्त रुपमा क्यालेण्डर सार्वजनिक गरिएको हो ।
यसैविच मञ्चले जेष्ठ नागरिक तथा मञ्चका बरिष्ठ सल्लाहकारलाई विशेष सम्मान गरेको छ । मञ्चले ईलाम घर भई हाल विराटनगर १२ का ८८ वर्षिय तिलकबहादुर थापालाई सम्मान गरेको छ । मञ्चले ८८ बर्षको उमेरमा पनि यूवा जोश जागर सहित सक्रिय जिवन विताईरहेका थापालाई सम्मान गरिएको ईलाम मोरङ सम्र्पक मञ्च विराटनगरका सचिव अर्जुन श्रेष्ठले जानकारी दिए ।
थापाले “ईलाम मोरङ सम्पर्क मञ्च” को स्थपनार्थ र सम्बद्र्धनार्थ विकासमा योगदान पुर्याइ न्यानो अभिभावकीय भुमिकाको कदर गर्दै सम्मान गरिएको हो । सम्मानित थापालाई कार्यक्रमका प्रमुख अतिथी सामाजिक विकास मन्त्री घिमीरेले सम्मान गरेका थिए ।