RUMPUM
animated ellipse animated ellipse

सौचालय हेर्दै सामाजिक विकास मन्त्री घिमिरे

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ बैशाख २०७५, आईतवार १७:४९
18
Shares
रतुवामाई / सामाजिक विकास मन्त्री जीवन घिमिरेले रतुवामाई नगरपालिका – ७ मा रहेको सरस्वती माध्यमिक विद्यालयको सौचालयको अनुगमन गरेका छन् ।

आज आइतवार स्कूलको भर्ना अभियानमा सहभागि हुन पुगेका मन्त्री घिमिरेले विद्यार्थीकालागि निर्माण गरिएको सौचालयको अनुगमन गरेका हुन् ।

सौचालयको अनुगमन पछि मन्त्री घिमिरेले सामान्य सरसफाईमा पनि ध्यान नदिएको बताए । ‘सामान्य सरसफाई पनि गरेको पाइएन् ।’ मन्त्री घिमिरेले भने ‘ शिक्षकले प्रयोग गर्ने शौचलय सफा छ । विद्यार्थीको किन फोहोर ?’ सामान्य सरसफाईका बिषयमा पनि चासो नदेखाएको उनले बताए ।
मन्त्री घिमिरेले अनुगमन गरको फोहोर शौचालयमा गुटकाका खोलहरु थिए । सौच गर्न नपाउँदा शारिरिक र मानसिक पिडा हुन्छ ’ मन्त्रीले भने ‘सामान्य मर्मत गर्न सकिन्छ तर विद्यालयको ध्यान पुगेको देखिएन ।’ विद्यालय आफैले सामान्य खर्चमा मर्मत गरेर प्रयोग गर्न सकिने उनको भनाई छ । मन्त्रीले अनुगमन गरेको केही समय पछि शौचालयमा फालिएको गुटका फोहोर बढारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर