AArya
RUMPUM
animated ellipse animated ellipse

स्वर सम्राट नारायण गोपालको २६ औं स्मृति दिवस, ‘गुरुकुलमा गुञ्जिए नारायणका स्वर’

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ मंसिर २०७३, आईतवार १९:०२
3
Shares
१९ मंसिर,विराटनगर/
दुई वटा फूल देउरालीमा
साथै साथै राखौं जस्तो लाग्छ
कतै टाढा जाँदा खेरी सँगै हिंडौं जस्तो लाग्छ
दुई वटा फूल देउरालीमा ……..
जब स्वर सम्राट नारायण गोपालले गाएको गीत विराटनगरको आरोहण गुरुकुलको नाटकघरमा गुन्जियो सबै मन्त्रमुग्ध भए । कालजयी स्वरका धनी स्वर सम्राट नारायण गोपालको २६औंं स्मृति दिवसमा स्वर संगम संगीतलाय विराटनगरले गरेको कार्यक्रममा सत्यनारायण चौधरीले स्वर दिएको उक्त गीतले नारायण गोपाललाई सम्झाइरह्यो ।
दुई सय भन्दा बढी क्षमताको हलमा खचाखच भरिएका संगीतप्रेमीहरुको बीचमा नारायण गोपालले गाएका दुई दर्जन बढी गीत गाइयो । कार्यक्रममा नारायण गोपालको सम्झना गर्दै समीक्षा कट्टेलले गाएको (नारायण गोपालको स्वरबाट सुुसज्जित) गीत प्रियसीका यादवहरु, कोरिएको मुटु, एकान्तमा आज यहाँ फुकाएर हेरें, पिरतिका हातहरु, भरिएको मुटु, रसिएका मेरा आँखा सुकाएर हेरें गीतमा उपस्थित संगीत प्रेमीले फेरि नारायण गोपाललाई सम्झे ।
वर्षैपिच्छे नारायण गोपाललाई सम्झँदै कार्यक्रम गर्दै आएको स्वर संगम संगीतलायले गरेको कार्यक्रममा पूजा घिमिरेले यति धेरै माया दिएँ, मनभरी दुःख नदेउ, बाटो वरपर फेरि प्लाँस टिपी सिरमा नलाउ बोलको गीतले पनि उपस्थित दर्शकले भरपूर मनोरञ्जन लिए ।
कार्यक्रममा बोल्दै गीतकार तथा साहित्यकार डाक्टर नवराज सुब्बाले नारायण गोपाललाई सम्झँदै व्यवहारमा हठी भएपनि स्वरमा मिठो रहेको तर्क गरेका थिए । उनले गीत संगीतको पारखी नारायण गोपाललाई सम्झँदा सबै संगीतप्रेमी र गीत संगीतकर्मीलाई प्रेरणा मिल्ने र आनन्दानुभूति हुने बताए ।
सोही कार्यक्रममा बोल्दै साहित्यकार खेम नेपालीले नारायण गोपालका कालजयी गीत मन र दिललाई च्वास्स, च्वास्स हुने खालका रहेको बताउनु भयो । ‘स्वर सम्राट नारायण गोपालका गीत युगौ युगसम्म बाँच्ने खालका छन्,’ नेपालीले भन्नुभयो, ‘उहाँका गीत सुन्दै जाँदा मन, मुटु र मष्तिष्कमा नयाँ तरंग पैदा हुन्छ ।’
कार्यक्रम आयोजक स्वर संगम संगीतालयका प्रमुख कुशेश्वर राईले गीत संगीत क्षेत्रमा राज्यले लगानी नगरेको भन्दै गुनासो गर्नुभयो । ‘नीजि क्षेत्रले गीतसंगीतको क्षेत्रमा जति प्रगति गरेको भएपनि राज्यले लगानी गरेको छैन, यो हाम्रो लागि दुर्भाग्य हो,’ राईले भन्नुभयो, ‘हाम्रो अगाडि गीत संगीतको महत्वको बखान राज्यको माथिल्ला अधिकारीले गरे पनि लगानी नगर्नु गीत संगीत क्षेत्रप्रतिको उपेक्षा हो, गीतसंगीतको क्षेत्रलाई राज्यले बुझ्न सकेन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर