पूर्वाञ्चल खबर
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज विहान यहाँ आयोजित “ स्वास्थ्य प्रति जिम्मेवारः सम्वृद्धिको आधारमा मेरो वर्ष २०७५ “ र “स्वास्थ्य प्रवद्र्धनको वर्ष २०७५” “जनमानसमा स्वास्थ्यको पहुंच हाम्रो अभियान आठ प्रतिवद्धता, स्वास्थ्य जिवनको आवश्यक्तताको अनावरण गरे ।
आठ वुंदे प्रतिवद्धतामा “ म तनावरहित जीवन व्यतित गर्छु’ ‘म ट्राफिक नियमको पालना गर्छु’ ‘म आफ्नो घर र समुदाय सफा राख्छु’ ‘म रक्सी, चुरोट र सुर्तीजन्य पदार्थवाट टाढा वस्छु, ’ ‘म नियमित व्यायाम गर्छु’ ‘म स्वस्थ र पोषिलो खाना खान्छु’ ‘म नियमित स्वास्थ्य जाँच गराउँछु’ ‘म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु’ रहेको छ ।
उक्त प्रतिवद्धतामा मुख्य मुख्यमन्त्री राईले हस्ताक्षर गर्दै स्वस्थ्य जीवन भएमा मात्र मुलुकको आर्थिक सम्वृद्धि कायम हुने वताउदै व्यायामले गाउँ समाजलाई सरात्मक सोचको विकासमा प्रेरणा दिने बताए ।
उनले आफू खेलकूदमा रुची भएको र नियमित व्यायाम गर्ने गरेको वताउदै प्रदेश सरकारले अगाडि ल्याएको ८ वुंद्धे प्रतिवद्धतालाई व्यवहारमा उतार्न सवैसंग आग्रह गरे ।
विस २०७५ स्वास्थ्य प्रवद्र्धन मेरा बर्ष घोषणले मुलुकको विकास र सम्वृद्धि
सँग जोडिएको वताउदै स्वास्थ्य प्रवद्र्धन मेरो वर्ष अभियानले मुलुकको ७ प्रदेश मध्ये यो प्रदेश स्वास्थ्यको दृष्टिकोणले पहिलो नम्वरमा हुने बताए ।
प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशलाई योगमय वनाउन प्रदेश सरकारको कार्यसूचिमा राखेको बताए ।
आठ वुंदे प्रतिवद्धतालाई योगशिवरमा प्रदेश सदस्य, सरकारका कर्मचारी, उद्योगी व्यापारी, नागरिक समाज र संञ्चारकर्मीहरुले हस्ताक्षर गरी कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
अभियान अन्तर्गत आज कोशी अञ्चल अस्पताल चोकमा वातावरणीय सरसफाइ सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । तस्वीर -पुष्पराज थपलिया /खबर पूर्वाञ्चल