विराटनगर, २१ चैत/ विराटनगर–१० रहेको कोशी विद्या मन्दिर(केभिएम) स्कूले स्कूलमा अध्ययनरत विद्यार्थीहरुलाई उच्च अदालत तथा जिल्ला अदालत मोरङ मोरङको इजलाशको सथलगत अध्ययन भ्रमण गराएको छ ।
कक्षा ८ र ९ का विद्यार्थीहरुलाई आज उच्च अदालत विराटनगरमा अंश मुद्दाको बहस अवलोकन गरेका थिए भने जिल्ला अदालतमा लागु औषध र ज्यान मार्ने उद्योग सम्वन्धि बहस र फैशला पक्रियालाई इजलाशभित्र बसी प्रत्यक्ष अवलोकन गराएको स्कूलका प्रिन्सिपल धिजनबाबु काप्mले जानकारी गराए । उनीहरुलाई माननीय न्यायधीश नारायणप्रसाद शर्माले प्रीधक्षक गराए ।
नविन ज्ञानका अन्य कार्यक्रम र अवलेकन गराएर विद्यार्थीहरुलाई अतिरिक्त ज्ञान दिने प्रयास गरेको स्कूलका प्रिन्सिपल काप्mलेले बताए ।