१८ मंसिर विराटनगर मोरङको टंकीसिनवारीमा रहेको राजसती महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १६ औं बार्षिक साधारणसभा विविध कार्यक्रम गरी मनाएको छ ।
राजसती महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बार्षिक साधारण सभाका अवसरमा ७५ बर्ष पूरा गरेका शेयर सदस्यका २३ जना आमाहरुलाई नेकपा एमालेका नेता लालबाबु पण्डित तथा संस्थाकी अध्यक्ष तारा राईले सम्मान गरेका थिए ।
यस्तै एकल महिला , ज्येष्ठ महिला शेयर सदस्य लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दे सांसद तारा राइले राजसती सहकारीले स्थापना कालदेखि नै महिलाहरुको आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरणमा काम गरेको बताइन । महिलाहरुद्धारा संचालित सहकारीमा ६ सय ७५ जना सदस्य रहेको र शेयर पुजी ६९ लाख ७७ हजार ८ सय रहेको जानकारी दिए ।
नेकपा एमालेका नेता लालबाबु पण्डितले सहकारी आर्थिक विकासको महत्वपूर्ण आधार रहेको बताएका छन् । कार्यक्रममा बोल्दै नेकपा एमाले मोरङका प्रचार विभाग प्रमुख सत्यनारायण मण्डल ले कुल वित्तिय कारोबारमा २१ प्रतिशत योगदान सहकारीको रहेको जानकारी दिए । कार्यक्रममा उल्लेख्य मात्रामा सेयर सदस्य लगायतका विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।