RUMPUM
animated ellipse animated ellipse

दुर्घटना भएको विमानमा ३६ जनाको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ फाल्गुन २०७४, सोमबार १७:४३
3
Shares
काठमाडौं, २८ फागुन/ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आज दिउँसो दुर्घटना भएको यूएस बंगलाको विमानमा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटना स्थलमा २८ जनाको शव संकलन गरिएको थियो । विमानबाट ३१ जनाको उद्दार गरिएकोमा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको संख्या अझ बढ्ने अनुमान रहेको सक्छ ।

घाइतेहरुको केएमसी र नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ । सो विमानमा चालक दलका ४ सहित ७१ यात्रु मध्ये ३३ जना नेपाली यात्रु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर