RUMPUM
animated ellipse animated ellipse

लक्ष्य अनुसार फैसला भएन, चालु आर्थिक वर्षमा ४५ प्रतिशतमात्र फैसला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ फाल्गुन २०७४, शुक्रबार १९:००
3
Shares
विराटनगर, २५ फागुन /जिल्ला अदालत मोरङमा चालू आर्थिक वर्षमा दर्ता भएका मुद्दामा आधा पनि फैसला हुन नसकेको तथ्यांक सार्वजनिक भएको छ ।

अदालतले वार्षिक ६५ प्रतिशत मुद्दा फैसला गर्ने लक्ष्य लिएकोमा चालु आर्थिक वर्षको फागुनसम्म ४५ प्रतिशत मात्रै फैसला गरेको जिल्ला अदालत मोरङले जनाएको छ ।

जिल्ला अदालत मोरङका मुख्य न्यादिध राजुकुमार खतिवडाले स्थानिय तहको निर्वाचन र प्रदेश सभाको निर्वाचनले गर्दा लक्ष्य अनुसारको फैसला हुन नसकेको बताए । निर्वाचनको कारण अपेक्षित फैसला नभएको बताउँदै न्यायधिस खतिवडाले तर असारसम्म लक्ष्य पुरा गर्ने बताए ।

चालु आर्थिक वर्ष २०७४/०७५ को फागुन अन्तिम सातासम्ममा ४ हजार ६ सय ३४ मुद्दा दर्ता भएको छ । जसमा २ हजार ४ सय २१ यही वर्ष दर्ता भएका हुन् भने २ हजार २ सय १३ मुद्दा गत वर्षका सरेर आएका हुन् । जसमध्ये २ हजार १ सय ४ वटा मात्र मुद्दा फैसला भएको छ ।

चालु आर्थिक वर्षको साउन २३ गतेसम्म मोरङ अदालतमा सबैभन्दा बढी अंश मुद्दा दर्ता भएको छ । ७ सय ९५ वटा अंश मुद्दा दर्ता भएकोमा ३ सय ११ वटा मुद्दाको टुंगो लागेको छ भने ४ सय ८४ वटा मुद्दा बिचाराधिन छ ।

अंशपछिको सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेद रहेको छ । कम उमेरमा विवाह गर्नु, एक आपसमा भावना नमिल्नु र वैदेशिक रोजगारको कारणले गर्दा जिल्लामा सम्बन्ध विच्छेदको घटना बढेको न्यायाधिश खतिवडाको भनाइ छ । ५ सय ७० वटा सम्बन्ध विच्छदको घटना दर्ता भएकोमा ३ सय ८८ वटा फछ्र्यौट भएको छ भने १ सय ८२ वटा बाँकी रहेको छ । सम्बन्ध बिच्चेद भएकाहरुमा अधिकांश प्रेमविवाह गर्नेहरु छन् भने २० देखि ३५ वर्ष उमेर समूहका धेरै छन् ।

कतिपय घटना मेलमिलापको माध्यमबाट समेत मिलाउने गरेको मुख्य न्यायाधिश खतिवडाले जानकारी दिनुभयो । ‘अवस्था हेरेर मिलाउनुपर्ने मुद्दा मेलमिलापको माध्यबाट मिलाउँदै आएका छौं,’ उहाँले भन्नुभयो, ‘मेलमिलापको लागि तालिमप्राप्त कर्मचारी राखेका छौं ।’ मेलमिलापबाट ५९ वटा मुद्दा मिलाएको खतिवडाले जानकारी दिनुभयो । मेलमिलापमा ४ सय ९३ वटा पठाएकोमा ५९ वटा मेलमिलाप भएकोले ३ सय १३ वटा मेलमिलाप हुन नसकी फिर्ता भएको उहाँको भनाइ छ ।

मुद्दा दर्ता भएकै दिन फैसला
मोरङ जिल्ला अदालतले द्रुत सेवामार्फत मुद्दा दर्ता भएकै दिन एक जनाको फैसला भएको न्याधिश खतिवडाले जानकारी दिए ।

अदालतमा आइतबार लागुऔषधको एक मुद्दा दर्ता भएकोमा जिल्ला अदालतका मुख्य न्यायधिस राजुकुमार खतिवडाले तत्काल फैसला गरेका हुन् ।

१२ थान लागुऔषधसहित पक्राउ परेका सनम भनिने हेमन्त राईलाई न्यायधिस खतिवडाको इजालसले लागुऔषध सेवन गरेको पुष्टि भएको भन्दै डेढ महिना कैदको फैसला सुनाएको हो । राई प्रहरी हिरासतमै २ महिना बसिसकेकोले अदालतको फैसलापछि रिहासमेत भएका छन् ।

जिल्ला अदालतमा खतिवडाको नेतृत्वमा नयाँ टिम आएपछिको तीन महिनामै द्रुत सेवामार्फत १० वटा फैसला मुद्दा दर्ता भएकै दिन गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । मुद्दाको प्रकृति, प्रमाण, आरोपीको बयान आदिका आधारमा मुद्दा दर्ता भएकै दिन फैसला गर्न सकिने न्यायधिस खतिवडाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर