AArya
RUMPUM
animated ellipse animated ellipse

विश्व कप छनोटमा जिम्बावेसँग नेपाल १ सय १६ रनको फराकिलो अन्तरले पराजित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० फाल्गुन २०७४, आईतवार २०:५७
3
Shares
फाइल तस्वीर
विराटनगर, २० फागुन / विश्व कप छनोट खेलमा आयोजक जिम्बावेसँग नेपाल १ सय १६ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

आज भएको पहिलो खेलमा आयोजक जिम्बावेले दिएको ३ सय ८१ रनको लक्ष्य पछ्याएको नेपालले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाई २ सय ६४ बनाए पछि नेपाल पराजित भएको हो । नेपालका आरिफ शेख र सरद भेष्वाकरले अर्ध सतकीय पारी खेलेपनि नेपाललाई जिताउँन सकेनन् ।

सरदले ४८ बलमा १ छक्का र ६ चौका प्रहार गर्दै ५२ रन बनाए भने आरिफले ५९ बलमा ५ चौका प्रहार गर्दै ५० रनमा आउट भए । त्यस्तै कप्तान पारस खड्काले ४० रन, ज्ञानेन्द्र मल्लले ३२ रन, राहित पौडेलले ३० रन र दिपेन्द्रसिंह ऐरीले २३ रनमा आउट भएका थिए । जिम्बावेका सिकन्दर राजाले ३ विकेट तथा ब्रिएन भिट्टोरीले २ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिङ गरेको जिम्बावेले ब्रेन्डन टेलर र सिकन्दर राजाले शतकको मद्दतले निर्धा्रित ५० ओभरमा ६ विकेट गुमाई ३ सय ८० रनको विशाल योगफल तयार पारेको छ ।

जिम्बावेका सिकन्दर राजाले ६६ बलमा ९ छक्का र ७ चौका प्रहार गरि १ सय २३ रन बनाउँदा ब्रेन्डन टेलरले ९० बलमा १ छक्का र ७ चौका प्रहार गरि १ सय रनमा आउट भए । त्यस्तै सोलोमन मायरलाई ५२ रन, सेफास जुवावलाई ४१ रन, क्रेज एर्विन ३४ रन र हामिल्टन मसाकाड्जाले १७ रनको योगदान दिए ।

नेपालका बसँत रेग्मि र सोमपाल कामीले २–२ विकेट लिँदा पहिलो खेल खेलेका ललितसिंह राजवंशी र सन्दिप लामिछानेले १–१ विकेट लिए । कामीले ८ ओभरमा ८२ रन दिएर सवैभन्दा महङ्गा बलर सावित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर