पूर्वाञ्चल खबर

सञ्चारमाध्यमको समेत अनुभव बटुलेकी २१ वर्षीया बाँस्तोलाले पत्रकारीता विषयबाट स्नातक गरेकी छिन् । मध्यम वर्गीय बाँस्तोलाले विराटनगरका यूवाहरुमाझमा निकै चर्चित र सक्रिय छवि बनाएकी छिन् । २०१३ मा पूर्वाञ्चल सुपरमोडलको उत्कृष्ट १० मा परेकी बाँस्तोला २०१६ मा देशभरबाट उत्कृष्ट मिस लियोको उपाधी जित्न सफल भएकी थिइन् । निरन्तर मोडलिङ पेशामा सक्रिय बाँस्तोला देशविदेशका गरि दर्जनबढी फेशन शोमा हिडिसकेकि छन् । १०१७ मा लियो क्लव अफ विराटनगर इनोभेटिभको अध्यक्ष बनेकी बाँस्तोला मिस नेपाल बन्ने अटोठका साथ अघि बढेकि छिन् । उनले संक्षिप्त प्रतिकृया दिँदै भनिन्, विराटनगर मात्र नभई नेपाललाई विश्वसामु चिनाउने काममा लाग्नेछु ।’ समाजलाई सकारात्मक दिशातर्फ बढाउन यूवापुस्ताले धेरै काम गर्न बाँकी रहेको भन्दै त्यसतर्फ आफ्नो ध्यान रहेको बताइन् ।