AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

थपिए ओली सरकारका चार नयाँ मन्त्री

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ फाल्गुन २०७४, सोमबार १८:०३
3
Shares
ओली सरकार चार नयाँ मन्त्रीले राष्ट्रपतिबाट सपथ लिएपछि । तस्बिर: रासस
काठमाडौं,१४ फागुन / प्रधानमन्त्री केपी शर्मा ओलीले चार मन्त्री थप्दै आज मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

ओलीले एमालेबाट २ र माके २ जनालाई मन्त्रीमा नियुक्त गरेका हुन् । मन्त्रीको नियुक्ति हुनेमा एमालेका ईश्वर पोखरेल र डा. युवराज खतिवडा, माकेका रामबहादुर थापा बादल र मातृकाप्रसाद यादव रहेका छन् ।

पोखरेललाई रक्षामन्त्री , डा. खतिवडालाई अर्थमन्त्री, बादललाई गृहमन्त्री र यादवलाई उद्योग मन्त्रीको जिम्मेवारी पाएका छन् ।

यस अघि प्रधानमन्त्री ओलीले आफ्नो शपथसँगै २ मन्त्री बनाएका थिए । लालबाबु पण्डितले जनसंख्या तथा वातावरण र थममाया थापाले महिला, बालबालिका तथा समाज कल्याण मन्त्री बनाएका थिए । चारै नयाँ मन्त्रीहरुलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको कार्यालय शीत्तल निवासमा पद तथा गोपनीयताको सपथ खुवाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर