AArya
RUMPUM
animated ellipse animated ellipse

सातौं राष्ट्रिय खेलकुलका लागि २३ खेलको प्रशिक्षक र व्यवस्थापक तोकिए

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ मंसिर २०७३, बुधबार १९:३८
3
Shares

१५ मंसिर, बिराटनगर/आउँदो पुस ८ देखि १५ गतेसम्म पुर्वाञ्चलमा सम्पन्न हुने सातौं राष्ट्रिय खेलकुल प्रतियोगितामा मोरङ जिल्लाबाट सहभागी हुने खेल र खेलाडीका लागि प्रशिक्षक र व्यवस्थापक तोकिएको छ ।

आज बसेको बैठकले २३ वटा खेलका लागि खेल प्रशिक्षक र व्यवस्थापक छनौट गरेको जिल्ला खेलकुद विकास समिति मोरङका कार्यालय प्रमुख देवराज कटुवालले बताए ।

मोरङ जिल्ला सातौं राष्ट्रिय खेलकुदको मुख्य आयोजक जिल्ला भएको र त्यसका लागि आवश्यक पर्ने भौतिक पुर्वाधार निर्माणको कामलाई समेत तिब्रता दिईएको कटुवालले जानकारी दिए । हालसम्म ९० प्रतिशत काम सम्पन्न भईसकेको उनले बताए ।

अहिले सुटिङ हलको छानो लगाउने, सव–टेनिस कोर्टमा रंग लगाउने, क्रिकेट मैदानमा पिच निर्माण गर्ने काम भईरहेको छ । खेलकुद प्रतियोगीता अन्तरगत मोरङमा महिला फुटबल, कराँते, टेबुल टेनिस, खो खो, सुटिङ र उसु खेल हुनेछन् । यी खेलहरु हालखोला खेल मैदान, डिपिएस स्कुल र बैजनाथपुरस्थित खेल मैदानमा संचालन जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर