RUMPUM
animated ellipse animated ellipse

मदिरा बेचविखन ब्यवस्थापन गर्न सरोकारवालाको माग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ फाल्गुन २०७४, बुधबार २०:२१
3
Shares
विराटनगर, ९ फागुन / प्रादेशिक राजधानी विराटनगरमा मदिरा बेचविखन ब्यवस्थापन गर्न सरोकारवालाले माग गरेका छन ।

आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै मदिरा ब्यवस्थापन अभियान विराटनगरले खुले आम विक्री भइरहेको मदिरा ब्यवस्थापन गर्न माग गरेको हो ।उनीहरुले मदिरा नियनत्रणका लागि गरिने चेक जाँच र अनुगमन प्रभावकारी नहुँदा विना अनुमती मदिरा विक्री हुने क्रम बढेको बताएका छन । विराटनगरमा हरेका ६/७ वटा घरमा एउटा मदिरा पसल खुलेको भन्दै यसले समाज नराम्ररी विग्रदै गएको बताएका हुन ।

अभियानका संयोजक फणिराज नेपालले विहारमा मदिरा बेच्न प्रतिबन्ध लागेपछि विराटनगरमा यसको भिडभाड बढेको र किराना पसललगायत अन्य पसलहरुमा समेत मदिरा राख्ने गरेको, रातभर मदिरा पसल खोल्ने गरेका कारण शान्ति सुरक्षामा समेत असर गरेकोले मदिरा ब्यवस्थापनमा जोड दिएको बताए । उनले मदिरा पसलहरुको अनुगमन गर्न र मदिरा नियमावली २०३३ कार्यान्वयन गर्न स्थानीय तह र प्रादेशिक सरकारको ध्यानाकर्षण गराइने बताए । सामाजका बलात्कार ,चोरी,घरेलुहिसा पनि महिराकै कारण बढेको भन्दै यसका लागि मदिरा जोन र पसल खोल्ने समय सिमा निर्धारण गर्नुपर्ने समेत संयोजक नेपालले बताए ।

नेपालमा डब्लुएचओले सन् २०११ म गरेको अध्ययन अनुसार ४० प्रतिशत मदिराको तलमा फसेको र उत्पादन हुने अन्नको ३० प्रतिशत मदिरा बनाउनमा खर्च हुने गरेको प्रति चिन्ता ब्यक्त गर्दै यसको नियमन गर्न आबश्यक भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर