AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

जर्मनी राजदुत र विराटनगरका मेयर बीच भेट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ फाल्गुन २०७४, बुधबार २०:५८
3
Shares
विराटनगर, ९ फागुन/ जर्मनी राजदुत रोनाल्ड सेफरले विराटनगर महानगरपालिकाको विकासका निम्ती पहल गर्ने बताएका छन् । आज विराटनगर महानगरपालिका मेयर भीम पराजुलीसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सेफरले विराटनगर महानगरपालिकाको विकासका निम्ती सहयोग जुटाउन आफूले जर्मन सरकारसँग पहल गर्ने बताएका हुन् ।

विराटनगर महानगरपालिका रहेको कोशी अञ्चल अस्पतालको उपकरण मर्मतमा सहयोग गर्दै आएको बताउदै सेफरले विराटनगरको अन्य क्षेत्रमा पनि सहयोग गर्न पहल गर्ने बताएका हुन् ।

कोशी अञ्चल अस्पतालाई सन २०१५ देखि उपकरण मर्मतमा प्राविधिक सहयोग गरेको बताउदै उनले अञ्चल अस्पतालको मेसिनहरु मर्मतपछि ९८ प्रतिशत सञ्चालनमा रहेको बताए । परियोजना सञ्चालन हुन अघि ६६ प्रतिशत मात्र उपकरण प्रयोग हुने उनको भनाई थियो । पूर्वका विभिन्न जिल्लाको भ्रमण गरी फर्केका सेफर्डले विराटनगर महानगरपालिकाले गरेका कामबाट धेरै कुरा सिक्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर