AArya
RUMPUM
animated ellipse animated ellipse

विद्यालय भलिबल लिग च्याम्पिनसिप सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ फाल्गुन २०७४, मंगलवार २०:२५
3
Shares
विराटनगर, १ फागुन / प्रथम विद्यालय भलिबल लिग च्याम्पिनसीप पुरुष भलिबल प्रतियोगिता विराटनरमा सुरु भएको छ ।

मोरङ विद्यालय भलिबल कमिशन र मोरङ भलिबल संघको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो ।

प्रतियोगिताको पहिलो खेलमा विराटनगरका आधा दर्जन स्कूल विजयी भए । मंगलबार भएको पहिलो खेलमा बिकेभिए स्कूलले मालाविकालाई २५–८ र २५–१५ को सोझो सेटले पराजित गरी ३ अंक जोडयो ।

त्यस्तै दोस्रो खेलमा मोर्डन एकारले गौतमबुद्ध स्कूललाई २५–१२ र २५–८ को सोझो सेटले पराजित गरी ३ अंक जोडन सफल भयो । त्यसैगरी तेस्रो खेलमा कान्तिपुरले ग्रेडेडलाई २५–१४ र २५–१६ को सेटले ३ अंक जोडयो । चौथो खेलमा सगरमाथा स्कूलले ब्राइट एन्जललाई २५–१८ र २५–१० को सोझो सेटले पराजित गरी ३ अंक जोड्यो । त्यस्तै पाँचौ खेलमा
लर्डबुद्धले मालबिकालाई २५–१८ र २५–१३ को सोझो सेटले पराजित गरी ३ अंक जोडेको थियो ।

छैठौ खेलमा जेम्सले गौतम स्कूललाई २५–११ र २५–८ को सोझो सेटले पराजित गरी ३ अंक जोडयो । फागुन ७ गते हुने प्रतियोगितामा विराटनगरका १६ वटा निजी स्कूललको सहभागि रहेको कार्यक्रम संयोजक इन्द्र राईले जानकारी दिए । प्रतियोगिताको उद््घाटन पूर्वाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका रबिन नगरकोटेले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर