पूर्वाञ्चल खबर

जवापलमा १ सय ७८ रनको मध्यम चुनौती पाएको नेपालले पुरै ५० ओभर खेल्दै ७ विकेटको नौकसानी सो विजयी लक्ष्य पार गरेको थियो । नपालकालमगि यूवा ब्याट्सम्यान रोहित पौडेलले ४७ रन बनाउँदा आरिफ शेखले ४२ रन जोडेका थिए । एक समयमा २३ दशमलव ३ बलमा ८२ मा ५ विकेट गुमाए र दयनिय स्थीतमा रहेको समयमा आरिफ र पौडेले इनिङ बुनेका थिए । यी दुइले २४ दशमलव ५ बलमा छैटौ विकेटकोलागि ८७ रुनको साझेदारी गरी टिमलाई उकासेका थिए । त्यस्तै कप्तान पारस खडकाले ४४ बलमा ४२ रनको ठोस इनिङ खेल्दा सरद भेषवाकरले १९ रन जोड्न भ्याए । केल्याका इ. रिङ्गेचाले सर्वाधिक ३ विकेट लिए
यस अघि टस हारेर ब्याटिङ गरेको केन्याले पुरै ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७७ रन बनाएपछि नेपालले यो चुनौती पाएको हो । केक्याकालमगि इरफान करिमले ४२ रन बनाउँदा एलेक्स ओबान्डाले ४१ रनको योगदान दिए । यी पहिलो विकेटका रुपमा १७ ओभरमा ६५ रनको ठोस शूरवात गरेका थिए । त्यस्तै धिरेन गोन्डारियाले २७ रन , नेल्सन ओडियाम्बोले नटआउट २४ रन र एनगोचेले नटआउट २३ रनको योगदान दिए ।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए । १० ओभर बलिङ गरेका सन्दीपले ५ मेडन राख्दे २० रन खर्चेर ५ विकेट लिएका हुन् । करन केसीले ३ विकेट तथा सोमपाल कामी, बसन्त रेग्मी र सरद भेषवकरले समान १/१ विकेट लिए । खेलको म्यान अफ द क्याच लामिछाने घोषित भए ।