पूर्वाञ्चल खबर
स्कूलले त्रैमार्सिक परीक्षफल प्रकाशित भएको अवसर पारेर शुक्रबार खाद्य तथा फलफूलको प्रर्दशनी गरेका हुन् ।
प्रर्दशनिमा ५ देखि कक्षा ८ सम्मका ४० जना विद्यार्थीहरुले विभिन्न प्रकारका समाग्रीहरु प्रर्दशनीमा राखेको स्कूलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिए । विद्यार्थीहरुले कलात्मक तरिकाले बनाएको सामाग्रीहरु अवलोकन गर्न उनीहरुका अभिभाव, अतिथिहरुको उपस्थीति रहेको थियो । ‘विद्यार्थीहरुमा भएको प्रतिभलाई प्रस्फुट गर्न यस्तो प्रर्दशनीको कार्यक्रम राखिएको हो,’ स्कूलका प्रिन्सिपल सुवालले भने, ‘यस्ता कार्यक्रममा उनीहरुको क्षमता अभिवृद्धी हुन्छ ।’