AArya
RUMPUM
animated ellipse animated ellipse

एमालेले ४ र माओवादीले २ वटा प्रदेशको मुख्यमन्त्री पाउने सहमति

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ माघ २०७४, सोमबार ०६:२७
3
Shares
काठमाडौं,१५ माघ /सिंहदरबारमा बसेको एमाले माओवादीको कार्यदलका बैठक सकिएको छ । कार्यदलको बैठकले प्रादेशिक मन्त्रीपरिषद् सिट संख्यामा अनुपातमा कम्तिमा ७ र बढीमा ११ जना बनाउने निर्णय भएको बैठकपछि एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।

त्यस्तै, एमालेले ४ वटा र माओवादीले २ वटा प्रदेशको मुख्यममन्त्री पाउने सममति भएको छ । एमालेले १, ३, ४ र ५ नम्बर प्रदेशको मुख्यमन्त्री पाउने भएको छ भने माओवादीले ६ र ७ नम्बर प्रदेशको मुख्यमन्त्री पाउने भएको छ ।

यता, प्रदेश सभामुख पदको पनि कार्यदल बैठकले टुंग्याएको छ । १, ३, ५ र ७ नम्बर प्रदेशको सभामुखमा एमाले र ४ र ५ नम्बर प्रदेशको सभामुख माओवादी पाउने गरी भागवण्डा भएको छ ।

त्यस्तै, उपसभामुखमा४ र ५ प्रदेशमा एमाले, ६ र ७ प्रदेशको उपसभामुख पाउने गरी समझदारी भएको पाण्डेले बताए । प्रदेश संसदीय सतिति र मन्त्रीको अनुपात ७० र ३० प्रतिशतलाई कायम गर्ने भएको छ । भने वाम गठबन्धले मुख्यमन्त्रीलाई नै प्रादेशिक मन्त्री छान्न दिने गरी अधिरकार सुम्पिएको छ । यो खबर आजको नयाँ पत्रीकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर