RUMPUM
animated ellipse animated ellipse

चर्चित पूर्व पोर्नस्टार सन्नी लियोन फेरि विवादमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ माघ २०७४, शनिबार १९:३८
3
Shares
भारतीय रियालिटी शो ‘बीग बोस’ हुँदै फिल्म ‘जिष्म २’बाट बलिउडमा छिरेकी इन्डो क्यानेडियन पूर्व पोर्नस्टार सनी लिओन बलिउडमा प्रवेश गरेदेखि नै चर्चा र विवादमा आइरहेकी छन्। फिल्मी अभिनयसँगै समय–समयमा विवादास्पद अभिव्यक्ति दिने सनी यसपटक पुनः विवादमा तानिएकी छन्। हालै मात्र एक कण्डमको विज्ञापन गरेकी उनलाई सोही विज्ञापनले विवादमा ल्याएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार विज्ञापनमाथि गोवाका नेता प्रान्सिस्को सिल्वेरियाले आपत्ति जनाएका छन्। उनले जुन किसिमले कण्डमको प्रचार गरिएको छ, त्यसलाई तुरुन्त बन्द गर्नुपर्ने उनले माग गरेका छन् ।

ती नेताले विज्ञापनका कारण आफूहरु लज्जित भएको बताएका छन्। ‘गोवा ट्रान्सपोर्ट कर्पोरेशनको बसमा कण्डमको विज्ञापनको प्रचार भएको छ। यो विज्ञापनको पोष्टर बसमा पनि टाँसिएको छ,’उनले भनेका छन्,’यस्तो किसिमको विज्ञापनबाट हामी गोवाका मानिसहरुलाई के सिकाईरहेका छौं ।बसमा विद्यार्थी पनि यात्रा गर्छन। यस्तो विज्ञापनबाट उनीहरुले के सिक्छन् । यस्तो विज्ञापनबाट गोवाका मानिसमा नराम्रो प्रभाव परिरहेको छ।’

मैनफोर्स कण्डमको सद्भावना दुतसमेत रहेकी सनीले यही कण्डमको विज्ञापनमा अभिनय गर्दा विवाद बढेको हो। यसअघि यो कण्डमको विज्ञापनमा देखिएकी सनी त्यो समयमा पनि विवादमा तानिएकी थिइन्।यसअघि रिपब्लिकन पार्टी अफ इण्डियाको महिला शाखाले पनि सनीको कण्डम विज्ञापनको विरोध गरेको थियो । उनीहरुले विज्ञापन हेरेर महिलाहरु लज्जित हुनुपरेको जनाएका छन् ।
आफ्नो विज्ञापनको विरोध भएपछि सनीले आफूले हस्ताक्षर गरेको ब्राण्डको विज्ञापन प्रति आफूले नैतिक जिम्मेवारी लिने गरेको बताएकी छन्। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर