RUMPUM
animated ellipse animated ellipse

आक्रमणकारीलार्इ कारबाही र शान्ति सुरक्षाको माग राख्दै विराटनगरका व्यापारी प्रर्दशनमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ माघ २०७४, बिहीबार १७:१३
3
Shares
विराटनगर, ११ माघ / पछिल्लो समय विराटनगरमा गुण्डागर्दी मौलाएर व्यापारीमाथि सांघातिक आक्रमण हुन थालेपछि विराटनगरका व्यापारीले पसलनै बन्द गरी आक्रमणमा संलग्नलाई कारबाही र शान्ति सुरक्षाको माग राख्दै प्रर्दशनमा उत्रिएका छन् ।

विराटनगरका ब्यापारी पशुपति भगतमाथि भएको सांघातिक आक्रमणमा संलग्नलाई कारवाहीको माग गर्दै विराटनगरका ब्यापारीले आज शान्ति सुरक्षाको माग राख्दै प्रदर्शनमा उत्रिएका हुन् । सब्जी मण्डि तथा गुद्री बजार ब्यवस्था समितिको अगुवाईमा ब्यापारीहरुले दिनभरी पसल बन्द गरी जिल्ला प्रसाशन कार्यालय मोरङमा पाँच शुत्रिय माग सहितको ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले घटनामा संलग्नलाई कारबाहीको माग गर्दै स्थानीय गुद्रीबजारबाट बिरोध र्याली निकालेका थिए । दबाबमुलक र्यालीका सहभागीले महानगरपालिकाको विभिन्न भागको परिक्रमा गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई ज्ञापनपत्र समेत बुझाए ।

गुद्रीबजार ब्यवस्थापन समितिका अध्यक्ष कुशहरि शर्मा भट्टराईले प्रमुख जिल्ला अधिकारी आचार्यलाई ज्ञापन बुझाएका थिए । ज्ञापनपत्र बुझाएपछि प्रदर्शनमा व्यवस्थापन समितिका अध्यक्ष भट्टराईले शान्ति सुरक्षा कायम रहेको विराटनगमरा फेरी गुण्डाराज मौलाएको बताए । ‘व्यापारीलाई व्यापार गर्न शान्ति सुरक्षाको वातावरण सरकारले बनाउनुप¥यो,’ उनले भने , ‘हालसम्म पनि व्यापारीमाथि भएको सांघातिक आक्रमण गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छैन ।’ तत्काल व्यापारीमाथि आक्रमण गर्नेलाई पक्राउ गरी कारबाही गर्नु पर्ने उनले बताए ।

ब्यापारीहरुले ज्ञापनसंगै अपराधीलाई राजनितिक संरक्षण बन्द गर्नुपर्ने, घटनामा संलग्लाई कारबाही गर्नुपर्ने, राजनितिक दलभित्रका अपराधिको सदस्यता खारेज गर्नुपर्ने र विराटनगरमा बिशेष सुरक्षा योजना लागु गर्नु पर्ने माग समेत गरेका छन् ।

सब्जी मण्डि तथा गुद्री बजार ब्यवस्था समितिका सल्लाहाकार समेत रहेका ब्यापारी पशुपति भगत माथि माघ ५ गते सांघातिक आक्रमण भएको थियो । सो घटनामा संलग्न भएको भन्दै प्रहरीले विराटनगर ६ का सिद्धिकी ताज बब्बरलाई नियन्त्रणमा लिएको छ भने थप अभियुक्तहरु फरार रहेको बताइएको छ ।

ज्ञापनपत्र बुझदै प्रमुख जिल्ला अधिकारी आचार्यले विराटनगरको सुरक्षा व्यवस्था कडा पारिने आश्वासन दिए । उनले विराटनगरमा त्यस्ता प्रकृतिका घटना हुन नदिन प्रहरीको मोवाइल गस्ति परिचालन गरिने बताए ।

व्यापारी भगतलाई आक्रमण गर्ने अभियुक्तहरुलाई तत्काल पक्राउ गरी कारवाही नगरे व्यापारीहरुले थप आन्दोलन चर्काउने उनीहरुले चेतवनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर