AArya
RUMPUM
animated ellipse animated ellipse

३ नम्बर क्षेत्रका सांसदले भने सुकुमबासी समस्या ‘क्यान्सर’

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ माघ २०७४, मंगलवार २१:१५
3
Shares
कानेपोखरी, ९ माघ/ ३ नम्बर क्षेत्रमा समस्याग्रस्त रहेको सुकुमबासी समस्या र जग्गा सट्टा भर्नाको समस्या ‘क्रोनिक क्यान्सर’जस्तै रहेको त्यहाँका सांसदले बताएका छन् ।

मोरङको कानेपोखरी गाउँपालिकाले आयोजना गरेको प्रदेश तथा प्रतिनिधिसभामा निर्वाचित सांसदलाई बधाइ तथा शुभकामना कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । मोरङको पथरी शनिश्चरे नगरपालिका, कानेपोखरी गाउँपालिकामा जग्गा सट्टाभर्ना र सुकुमबासी समस्या बढी छ ।

कार्यक्रममा बोल्दै मोरङ क्षेत्र नम्बर ३ का सांसद भानुभक्त ढकालले सुकुमबासी समस्या समाधान, खोला नियन्त्रण आफ्नो प्राथमिकता रहेको बताए । बामपन्थीको नेतृत्वमा ५ वर्षका लागि स्थायी सरकार बन्ने र त्यो सरकारले आफूले निर्वाचनको समयमा गरेका प्रतिबद्धता पुरा गर्ने उहाँको भनाइ थियो । ‘अब पनि बोलेको पुरा नगरे कम्युनिष्ट पार्टीको नाममा चुनाव नलडे पनि हुन्छ,’ बहुमत दिए काम गर्ने जनतासँग वाचा गरेको स्मरण गर्दै ढकालले भन्नुभयो, ‘मैले क्षेत्रगत हिसावले प्रतिबद्धता व्यक्त गरेका सबै कुरा पुरा गर्नेतिर लाग्छु, स्थिरता र विकास अबको मुख्य मुद्दा हो ।’

सोही कार्यक्रममा बोल्दै ३ नम्बर क्षेत्र (१) का प्रदेशसभा सदस्य सूयर्माराज राईले क्षेत्रमा सुकुमबासी समस्या ‘क्रोनिक क्यान्सर’जस्तै भएको बताए । ‘सुकुमबासी समस्या अहिले मात्रै होइन पटकपटक समाधानका लागि दबाब र आवाज उठेको हो, तर समस्या समाधान भएको छैन,’ राईले भन्नुभयो, ‘अब त क्रोनिक क्यान्सर जस्तै भइसक्यो, यसलाई समाधान गर्न सबैले पहल गर्नुपर्छ ।’

सोही कार्यक्रममा बोल्दै सांसद कृष्णकुमारी राईले सुकुमबासी समस्या र सट्टा भर्नाको समस्या यही कार्यकालमा अन्त्य गर्नुपर्ने बताए । ‘लामो समयपछिको आन्दोलनले सुकुमबासी समस्या समाधान गर्न संविधानमै उल्लेख भएको छ, अब यसलाई कानून निर्माण गरेर कार्यान्वयन गरे समाधान हुन्छ,’ राईले भने, ‘खोलाको डिलमा बसेका सुकुमबासीलाई स्थानान्तरण गरेर भएपनि समस्या समाधान गर्नुपर्छ ।’ निर्वाचन क्षेत्र नम्बर ३ (२) का सांसद राजकुमार ओझाले ऐलानी र पर्ति जग्गामा बसोबास गर्ने सुकुमबासीको दीर्घकालिन र स्थायी बसोबासको व्यवस्था मिलाउनु पर्नेमा जोड दिए । ‘सुकुमबासी समस्या भनेको जनता आवास कार्यक्रम मार्फत हो,’ ओझाले भने, ‘स्थानीय तहले योजना बनाएर समस्या समाधानका लागि पहल गर्नुपर्छ ।’

कार्यक्रममा बोल्दै कानेपोखरी गाउँपालिकाका अध्यक्ष तारा काफ्ले, वडा अध्यक्षहरू सुशील बुढाथोकी, खड्ग बस्नेत, किर्तिमान मादेनलगायतले स्थानीय तहमा कस्ले जितेको छ भन्ने आधारमा भन्दा पनि कानेपोखरीको विकास र समृद्धिमा ध्यान दिन सांसदहरूलाई आग्रह गरेका थिए । यस्तै कांग्रेसका स्थानीय नेता योगेन्द्र दाहाल, एमालेका भेषनाथ रिजाल र माओवादी केन्द्रका मनोज राजवंशीले जनतामा गरेका वाचा अनुसार काम गर्न जनप्रतिनिधि तथा सांसदलाई आग्रह गरेका थिए ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद ढकाल, प्रदेशसभाका सांसदहरु, कृष्णकुमारी राई, सूयर्माराज राई, लिलाबल्लव अधिकारी, शेखरचन्द्र थापा३ नम्बर क्षेत्रका सांसदले भने
सुकुमबासी समस्या ‘क्यान्सर’ र राजकुमार ओझालाई सम्मानसमेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर