AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कुर्मी परिवारलाई डाक्टर कोइरालाको सहयोग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ माघ २०७४, सोमबार १८:५८
3
Shares
फाइल तस्वीर
विराटनगर, ८ माघ /विराटनगर ७ सुकुम्बासी बस्ती हरियाली टोलका भोला कुर्मीको परिवारलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले २५ हजार रुपैया सहयोग गरेका छ ।

आर्थिक रुपमा विपन्न रहेको कुर्मी परिवारलाई क्रिया खर्च बापत २५ रुपैया नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर कोइरालाले हस्तान्तरण गरेका हुन् । आर्थिक रुपमा विपन्न रहेको कुर्मी परिवारका भोला कुर्मीको मृत्युपछि परिवार आर्थिक रुपमा संकट परेको मृतककी श्रीमती रेखा राजवंशीले बताइन् । उनका चारजना छोराछोरी छन् । ४५ बर्षीय भोला कुर्मीको पुस २७ साइकल दुर्घटनामा परी मृत्यु भएको थियो ।

यस्तै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले शिक्षादिप कलेजमा कक्षा ११ मा अध्ययनरत उनकी छोरी लक्ष्मीकुमारी कुर्मीको ११ र १२ मा लाग्ने खर्च निःशुल्क गरिदिने बताए । यस्तै ग्रेडेडमा अध्यनरत उनका छोरालाई वडा नम्बर ७ का वडाध्यक्ष मदनबाबु तिवारीले निःशुल्क पढाइदिने जानकारी दिए । विराटनगर ७ का ७० सुकुम्बासी परिवारलाई ब्लाङकेट वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर