AArya
RUMPUM
animated ellipse animated ellipse

कांग्रेसले राणा फाल्यो, एमालेले पञ्चायत फाल्यो, माओवादीले राजा फाल्यो, नयाँ शक्तिले गरिबी फाल्छ: बाबुराम भट्टराई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ मंसिर २०७३, शनिबार १५:५७
3
Shares
११ मङ्सिर ,उर्लाबारी / नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गरिबीलाई हटाउँदै समृद्ध नेपाल निर्माण गर्ने अभियानमा आफ्नो पार्टी लागेको बताएका छन्।
मोरङको हसन्दहमा शनिबार नयाँ शक्ति, नेपाल गाउँ समितिले सञ्चालनमा ल्याएको एक दूध डेरीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक भट्टराईले भने, ‘नेपाली काँग्रेसले राणा फाल्यो, एमालेले पञ्चायत फाल्यो, माओवादीले राजा फाल्यो अब नयाँ शक्तिले मुलुकबाट गरिबी फाल्दै समृद्ध नेपाल निर्माण गर्नेछ। नयाँ सोच र नयाँ विचारको साथ उदाएको नयाँ शक्तिले मुलुकलाई विकास र समृद्धितर्फ लैजान्छ।’
मुलुकमा पाँच वर्षभित्र गरिबी निवारण गर्ने, १० वर्षभित्र छिमेकी चीन र भारत जत्तिकै शक्तिशाली बन्ने र २५ वर्षभित्र मुलुकलाई विश्वकै शक्तिशाली मुलुकबीच खडा गर्ने सोचका साथ नयाँ शक्ति लागेकोले सोही अनुसार अगाडि बढ्नसमेत संयोजक डा. भट्टराईले उपस्थित कार्यकर्तालाई निर्देशन दिए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर