AArya
RUMPUM
animated ellipse animated ellipse

एसबीएससी सिंगीङ स्टारको फाइनल शुक्रबार, उपाधीकालागि दश जना भिड्दै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ माघ २०७४, बिहीबार २०:०३
3
Shares
विराटनगर, ४ माघ / चौथो संस्करणको एसबीएससी सिंगीन स्टार २०७४ को फाइनल शुक्रबार विराटनगरको वीरेन्द्र सभा गृह हलमासुरु हुँदैछ । उक्त प्रतियोगितामा मोरङ जिल्लाभरीको विभिन्न स्कूलका अध्ययनरत १० जना प्रतियोगिले प्रतिस्पर्धा गर्दैछन् ।

संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. विराटनगर, मोरङको आयोजनामा सिंगीन स्टार प्रतियोगिता वीगत तीन वर्षदेखि हुँदै आएको हो ।

‘आवज तपाइको, गौरव राष्ट्रको, देन निजी स्कूलको’ भन्ने मुल नाराको साथ सुरु भएको प्रतियोगिताको फाइनलमा पुगेका प्रतियोगिताहरु एसबीएससी सिंगीन स्टार बन्न दिनरात अभ्यास गर्न तलिन भएको देखिन्छन् । विराटनगरको जामुनगाछीमा अवस्थीत मदरल्याण्ड एकाडेमीमा भएको बन्द प्रशिक्षणमा बिहीबारसाझसम्म आफ्नो रोजाइको गीतमा अभ्यास गर्न प्रतियोगिहरु व्यस्त रहे ।

‘फाइनलमा पुगेका प्रतियोगिहरुले विशेषयज्ञ प्रशिक्षकहरुबाट प्रशिक्षण दिने व्यवस्था गरेका थियौं,’ सहकारीका अध्यक्ष विष्णु डंगोलले भने, ‘एक हप्ताको बन्द प्रशिक्षणमा प्रतियोगिहरुले विहानदेखी साझसम्म अभ्यास गरेका छन् । प्रशिक्षणबाट धेरै कुराको ज्ञान लिएका छन्, शुक्रबार हुने फाइनलमा प्रतिभा उत्कृष्ट प्रस्तुत गर्नेछन्,’ उनल भने ।
फाइलनमा पुगेका प्रतियोगिहरुलाई प्रशिक्षण गायक राम संगम राउत, सुमन श्रेष्ठ, प्रवलदिप विश्वासले दिएका थिए । त्यस्तै गीतारमा दिपेन्द्र थापा, किबोर्डमा प्रबिन खड्का, तालमा सजन साहले प्रशिक्षण दिएका थिए ।

प्रतियोगिताको फाइनलमा बिजेता नगद २५ हजार रुपैयाँको साथ आकषर्ण ट्रफि प्राप्त गर्नेछन् । त्यस्तै फस्ट रनरअप र सेकेण्ड रनरअपले समेत क्रमशकः १५ र १० हजार रुपैयाँको साथै ट्रफि प्राप्त गर्ने सहकारीले जनाएको छ । फाइनलमा पुग्ने अन्य ७ जना प्रतियोगिहरुलाई जनही नगद ५ हजार रुपैयाँ प्रप्ता गर्ने सहकारीका सचिब नगेन्द्रप्रसाद ढकालले जानकारी दिए । विजेताको साथै फस्ट र सेकेण्ड रनरअपले हुनेलेआ– आफ्नो स्कूलले छात्रवृक्तीको समेत घोषणा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर