AArya
RUMPUM
animated ellipse animated ellipse

१० औं राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता शुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ माघ २०७४, बिहीबार १६:०९
3
Shares
पुष्पराज थपलीया
विराटनगर, ४ माघ/१० औं राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता आजदेखि विराटनगरमा शुरु भएको छ ।

मोरङ जिल्ला सफ्ट टेनिस संघको आयोजनामा विराटनगरको बैजनाथपुर रंगशालाको कोर्ट र जुट मिलमा रहेको कोर्टमा प्रतियोगिता भइरहेको छ ।

उदघाटनमा स्वागत नृत्य गर्द अन्नपूर्ण एकाडेमिका विद्यार्थीहरु

राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव केशबकुमार विष्टले उद्घाटन गरेको प्रतियोगितामा पाँच विकाश केन्द्र र दुई विभागीय जनपथ र शसस्त्र प्रहरीका खेलाडि, प्रशिक्षक र व्यवस्थापक गरी ९८ जना तथा ११ जना निर्णयकको सहभागि रहेको छ । प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष तथा महिलाको डवल, मिक्स डवल र पुरुष तथा महिलाको टिम इभेन्ट्सका खेलहरु समावेश गरिएको छ । आजै महिला एकलको पहिलो चरणको खेलहरु सम्पन्न भएको ।

प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले ढुक्क भएर खेलकुदमा लाग्न खेलाडीहरुलाई आग्रह गरे । सदस्य सचिव विष्टले अब खेलकुदको विकास हुने र खेलाडीहरुको जिवनस्तरमा पनि बृद्धि हुने बताए ।

राजनितिक अस्थिरताले गर्दा हरेक क्षेत्र जस्तै खेल क्षेत्रपनि प्रभावित भएकाले खेलाडी र खेल क्षेत्रले धेरै बेथिति झेल्नुपरेको उनले बताए । तर अब देशमा राजनितक स्थिरता आएकाले अब विदेशी मुलुकमा झै यहाँपनि खेलाडी र खेलकुदको विकासले गती लिने उनले विश्वास व्यक्त गरे ।

तीनदिनसम्म सञ्चानल हुने प्रतियोगितामा सम्पन्न गर्न १२ लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर