AArya
RUMPUM
animated ellipse animated ellipse

छक्का हानेको बल एक हातले समात्दा बने लखपति

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० पुष २०७४, आईतवार १८:०९
3
Shares
अकल्यान्ड /शनिबार न्युजिल्यान्डको दुनेदिनस्थित क्रिकेट मैदानमा खेल हेर्न पुगेका एक दर्शकका लागि अविष्मरणीय घटना घट्यो । ती दर्शक मैदानमा घरेलु टोली न्युजिल्यान्डले पाकिस्तानविरुद्ध खेलेको खेल हेर्नका लागि पुगेका थिए ।

खेलको सुरुआतमै न्युजिल्यान्डका प्रारम्भिक ब्याट्सम्यान मार्टिन गुप्टिलले छक्का प्रहार गरे । गुप्टिलले मोहमद आमिरको चौथो बललाई स्क्वायर लेगमा फ्लिक गर्दै छक्का प्रहार गरेका थिए ।

दर्शकदीर्घामा रहेका ती समर्थकले आफ्नो एक हातले सो बललाई समाते । ती समर्थकले बल आफूतिर आइरहेकाले रमाईलो लागेर समातेको बताए । यद्यपि त्यही एक हातको क्याचले उनका लागि कमाल गर्‍यो । न्युजिल्यान्डमा छक्का प्रहार गरेको बललाई एक हातले क्याच गरेमा ५० हजार न्युजिल्यान्ड डलर पुरस्कार दिने चलन रहेको छ । सोही नियमअनुसार ती समर्थकले पनि ५० हजार न्युजिल्यान्ड डलर पाए ।

ती समर्थकले रकम पाउँदा आश्चर्य ब्यक्त गरेका छन् । समर्थकले आफूलाई त्यो नियम बारे जानकारी नभएको बताएका छन् । ‘मैले रमाइलोका लागि त्यो क्याच लिएको थिएँ । तर, त्यसकै कारण अहिले रकम पनि पाएको छु’, ती समर्थकले भनेका छन्, ‘धेरै खुसी लागेको छ ।’एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर