पूर्वाञ्चल खबर
थारु कल्याणकारी सभाको मातृ संगठन थारु महिल सभा मोरङले आज विराटनगरमा पत्रकार सम्मेलन गरी माघ ६ गते एक दिने माघी महोत्सव मनाउने तयारी गरेको हो ।
महोत्सवमा थारु समुदायका खानाको परिकार, आफनो सस्कृति झल्कने झाकी, नृत्य समेत गरिने भएको महिलासभाकी अध्यक्ष कल्पना चौधरीले वताइन् ।
यसैगरी महोत्समा थारु समुदायको परिकार चिछोरी भात, वगिया, भक्का , तिलको लडु, घुङि, झुना माछा तथा परेवा साथै हासको मासुलगायत विभिन्न परिकार राखिने अध्यक्ष चौधरीले वताइान् ।
महोत्सवमा मोरङ क्षेत्र न ४ का प्रतिनिधिसभा सदस्य अमनलाल मोदी थारु , प्रदेसभा सदस्य विजय विश्वास, चुमनारायण तवदारलाई सम्मान गरिने आयोजकले जनाएको छ । महोत्सव विषेशगरी थारु भाषाको पौराणिक गित, नृत्य प्रस्तुति गरिने भएको छ । यसैगरी महोत्सवम मगरसंघले मगरहरुको हुर्रा नाच समेत प्रर्दशन गर्ने भएका छन ।