पूर्वाञ्चल खबर
पुर्वाञ्चलमा पहिलो पटक सबै भाषालाई प्राथमिकता दिदै ओझेल परेका प्रतिभालाई बाहिर ल्याउने उदेश्य सहित कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक साइमन राजवंशीले बताए । साईमनले निकै लामो समय सम्म भारतमा बसि बलिउडका गीतहरुमा कोरियोग्राफी गरेसकेका छन् ।
मोरङस्थित कर्सियामा भब्य र सभ्य ढंगले हुने फाईनलमा झापा र मोरङ जिल्लामा २ चरणको अडिसनबाट नृत्य तर्फ १२ जना प्रतियोगि र गायन तर्फ १३ जना प्रतियोगि छनौट भएका छन् ।
प्रतियोगिताको निर्णायकको भुमिकामा गायनतर्फ सास्त्रीय संगीतका कुशेश्वर राई,लोकप्रिय एवम राजवंशी भाषाका गायक बलबहादुर राजवंशी , गीतकार गोपाल राजवंशी रहेका छन् भने नृत्य तर्फ साईमन राजवंशी र मनोज राजवंशी निर्णायकको रुपमा रहेका छन् ।
नाच र गयनमा प्रतिभालाई सम्मान गर्दै प्रतियोगिहरुबाट चर्को शुल्क नउठाईएको आयोजकले बताएका छन् । बिजेताले मुम्बईमा प्रशिक्षण लिन पाउने छन् ।