पूर्वाञ्चल खबर
चारा घोटालामा देवघर कोषागारबाट ८९ लाख, २७ हजार रुपैयाँको अवैध निकासी मामिलामा राँचीको सीबीआई अदालतले बिहारका पूर्व मुख्यमन्त्री एवम् राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादवलाई साढे तीन वर्षको सजाय र पाँच लाख जरिवाना तोकेको हो ।
अदालतले यसअघि नै लालुलाई दोषी ठहर गरिसकेको छ । हाल उनी जेलमा छन् । गत २३ डिसेम्बरमा उनलाई अदालतले दोषि ठहर गरेकोमा त्यही दिन उनी पक्राउ परेका थिए । उनी विहारको मुख्यमन्त्री हुँदा भएको चारा खरिदमा भ्रष्टाचार गरेको भन्दै उनीविरुद्ध मुद्दा दायर भएको थियो ।
यस मामिलामा अदालतले फुल चन्द, महेश प्रसाद, सुनिल कुमार, बाँकी जूलियस, सुधीर कुमार र राजा रामलाई पनि साढे तीन वर्ष जेल सजाय सुनाएको छ । उनीहरुमाथि पनि जनही पाँच लाख जरिबाना तोकिएको छ ।
पूर्व विधायक जगदीश शर्मालाई अदालतले सात वर्षको सजाय र २० लाख रुपैपाँ जरिवान गर्ने फैसला सुनाएको छ ।
राष्ट्रिय जनता दल (राजद) प्रमुख लालुले शुक्रवार सीबीआईको विशेष अदालतले सुनाइएको सजायलाई लिएर केही नरम हुन आग्रह गरेका थिए । लालका वकील चितरञ्जन कुमारदे लालुलाई कम भन्दा कम सजाय दिन भनेका थिए ।
उनले लालुको खराब स्वास्थ्यका कारण अदालतलाई नरम भइदिन अनुरोध गरेका थिए । उनको ’मुटुको भल्भ’ फेरिएको छ । उनी कयौँ बिरामीका कारण औषधि पनि खाइरहेका छन् । एजेन्सी