AArya
RUMPUM
animated ellipse animated ellipse

सत्य साई बाबाको जन्मजयन्तिमा शोभा यात्रा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ मंसिर २०७३, बुधबार २१:१५
3
Shares
८ मंसिर, विराटनगर/ सत्य साई बाबाको ९१ औं जन्मजयन्तिको अवसरमा आज विराटनगरमा शोभा यात्रा निकालिएको छ ।

सरौचियास्थित सत्य साई केन्द्रबाट निकालिएको शोभायात्रा धरानरोडबाट मेनरोडसहित नगरक्षेत्रका विभिन्न भागको परिक्रमा गर्दै फेरी विराटनगर–७ स्थित सत्य साई केन्द्रमा पुगेर समापन गरिएको थियो ।

साईबाबा सम्बद्ध विभिन्न आधादर्जन संघ–संस्थाको अगुवाईमा निकिालएको शोभायात्रामा हिन्दु, बैद्ध, इस्लाम र जैन लगायत विभिन्न धर्ममा गाइने भजनकिर्तन प्रस्तुत गरिएको थियो । साइबाबाको जन्मजयन्तिको अवसरमा आयोजित ५ दिने विविध कार्यक्रम अन्तरगत आज समापनकोदिन शोभायात्रा निकालिएको सत्य साई केन्द्र क्षेत्रीय समितिका पूर्वअध्यक्ष ध्रुव ढकालले जानकारी दिए ।

जन्मजयन्तिको अवसरमा यूवा दिवस, शिक्षा दिवस र सेवा दिवस लगायतका कार्यक्रम समेत गरिएको उनले जानकारी दिए । २३ नोभेम्वर १९२६ मा भारतको आन्ध्रप्रदेशस्थित पुट्टपर्तिमा जन्मिनु भएका सत्यसाई बाबाका विश्वभरि लाखौं अनुयायी रहेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर