खबर पूर्वाञ्चल
रगत नपाएर कसैको ज्यान जानबाट जोगाउन उनले आज विराटनगरमा रक्तदान गरेका हुन् । लायन्स क्लब अफ विराटनगर गुराँस, लायान्स क्लब अफ विराटनगर ग्रोग्राह र विराट आँखा अस्पतालको संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा मन्त्रीदेखि सांसदसम्मले रक्तदान गरेका थिए ।
‘बी’ पोजेटिप ब्लड ग्रुप रहेको मन्त्री मण्डलले रक्तदान गरेपछि भने, ‘रगत अभाव भइ कसैको ज्यान जानबाट जोगाउन रक्तदान गरियो । ‘विभिन्न सञ्चार माध्यमाबाट धरानको विपी कोइराला विज्ञान प्रष्ठिानमा रगत अभाव भएको जानकारी पाएको थिए,’ मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद मण्डलले भने, ‘रगत अभावट अटाउन सबैलाई रक्तादन गर्न आग्रह गर्दछु ।’
त्यस्तै मन्त्री मण्डलसँगै मोरङ क्षेत्र नम्बर ५ को (२) बाट निर्वाचित सांसद जयराम यादवलले समेत रक्तादन गरे । रक्तदान कार्यक्रममा गोग्राहका अध्यक्ष तेजलाल कर्ण, गुरासका अध्यक्ष उदय नारयण बराल, ओम प्रसाद प्रसाई, अस्पतालका सञ्चालक राजेस प्रसाईलगाइतले रक्तादन गरेका थिए ।
नेपाल रेडक्रस सोसाइर्टी विराटनगर शाखाको आयोजनामा भएको रक्तदान कार्यक्रममा मन्त्री, सांसदसहित १ सय ९ जनाले रक्तदान गरेको गोग्राहका अध्यक्ष कर्णले जानकारी दिए ।