AArya
RUMPUM
animated ellipse animated ellipse

मनाङ मस्याङदी उपाधि नजिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ मंसिर २०७४, बुधबार १७:३९
3
Shares
दुहवी, २७ मंसिर / मनाङ मस्याङदी क्लब काठमाण्डौ दोश्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

सुनसरीको दुहवीमा आज भएको पहिलो सेमीफाइनल खेलमा मनाङले चर्च ब्वाइज क्लब काठमाण्डौलाई १–० गोल अन्तरले पाखा लगाउँदै फाइनलको यात्रा तय गरेको हो ।

खेलको पहिलो हाफ निकै प्रतिस्प्रधात्मक भएपनि खेल बराबरी भएको थियो । खेलको दोश्रो हाफको ३४ औ मिनेटमा मनाङका बिराज महर्जनले दिएको क्रस पासमा अनिल गुरुबले १ गोल गदै मनाङको जितमा नायक सावित हुदै मनाङको जित सुनिश्चित गरेका थिए ।

खेलको उत्कृष्ट खेलाडी मनाङका हेमन गुरुङ भए उनलाई नगद पाँच हजार सहित मेडल प्रमाणपत्र प्रदान गरिएकोे थियो । विहीवारको अन्तिम सेमीफाइनल खेल त्रिभुवन आर्मी क्लब काठमाण्डौ र अग्नी रुपन्देही ११ रुपन्देही बिच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर