AArya
RUMPUM
animated ellipse animated ellipse

नयाँ मेडिकल कलेजलाई सम्वन्धन नदिन डा. केसीको चेतावनी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ कार्तिक २०७३, बुधबार १९:५५
3
Shares
फाइल तस्वीर
कात्तिक, काठमाडौं । प्रा. डा. गोविन्द केसीले चोरबाटोबाट नयाँ मेडिकल कलेजलाई सम्वन्धन नदिन चेतावनी दिएका छन् । आफूसँग विगतमा भएको सहमति विपरित कुनै पनि बहानामा सम्वन्धन दिए कडा प्रतिवाद गर्ने उनको चेतावनी छ ।

डा. केसीले चिकित्सा शिक्षा ऐन जारी नहुँदासम्म सम्वन्धन, विस्तारिक कार्यक्रम वा प्रतिष्ठान कुनै पनि बहानामा नयाँ मेडिकल शिक्षण संस्था आउन नसक्ने बताएका छन् ।

एउटा निजी मेडिकल कलेजलाई षड्यन्त्रपूर्वक बिस्तारित कार्यक्रम भन्ने चोर बाटोबाट सम्बन्धन दिन अन्तिम तयारी भइरहेको सूचना पाएको डा. केसीको दाबी छ । त्यसको बदला काठमाडौं विश्वविद्यालयलाई अस्तव्यस्त बनाएर विगतमा यस्तै बदमासीमा संलग्न पदाधिकारीहरुलाई पुनः अर्को पदावधिका लागि नियुक्ति गर्ने गरी सौदाबाजी हुन लागेको जानकारी पनि हामीले पाएका छौं, उनले भने ।

डा. केसीद्धारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ ‘विश्वविद्यालयका पदाधिकारी व्यक्ति, पार्टी वा व्यवसाय विशेषको स्वार्थलाई हेरेर नियुक्त गर्ने परिपाटी रोकेर यस अघि पटक पटक राज्यको नीति विपरीत काम गरेका काठमाडौं विश्वविद्यालयका पदाधिकारी कुनै पनि हालतमा पुनः नियुक्त नगर्न र राजनीतिक भागवण्डा र साँठगाँठका आधारमा नभई वरिष्ठता, स्वच्छता र कार्य दक्षताका आधारमा नयाँ पदाधिकारी नियुक्त गर्न स्मरण गराउन चाहन्छौं ।’

उनले अघि भनेका छन्, पूर्व सहमति र राज्यले अँगालिसकेको नीतिविपरीत कुनै पनि कदम चालिएमा त्यसको कडा प्रतिवाद गर्ने कुरा पनि जानकारी गराउँछौं ।’ अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर