पूर्वाञ्चल खबर
नेकपाका यूवा दस्ता इन्चार्ज २४ वर्षीय रवि गोलेसहित २४ वर्षीय सम्पूर्ण मुक्ति भनिने विचारमान तामाङ, ३० वर्षीय महेष नेपाली, ४८ वर्षीय विगेश लामा, ३२ वर्षीय राजिव तामाङ र ३० वर्षीय रोशन विष्टलार्ई प्रहरीको बिशेष ब्युरोले आज पक्राउ गरेको हो । उनीहरुको साथबाट चिनियाँ पेस्तोल र चार वटा बम बरामद भएको छ।
गत सोमबार गगन थापालाई लक्षित गरी काठमाडौंको चपलीमा विस्फोट गराइएको थियो । थापा चुनावी अभियानमा रहेकै बेला विस्फोट भएको थियो । सो क्रममा थापा हित ११ जना घाइते भएका थिए।
प्रहरीले नेकपाका कार्यकर्ताहरुको तीन वटा डेरामा छापा हानी बम बनाउन प्रयोग हुने सामान र विभिन्न दस्तावेजसमेत बरामद गरेको प्हरीले जनाएको छ ।
राजधानीमा भएका अन्य विस्फोटका घटनामा पनि उनीहरुकै संलग्नता रहेको प्रहरीले जनाएको छ । गोलेकै समूहले राजधानीमा चुनावविरोधी गतिविधि गरेका थिए ।