AArya
RUMPUM
animated ellipse animated ellipse

विराटेश्वर बृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविर र न्यानो कपडा वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ मंसिर २०७४, शनिबार १९:१६
3
Shares
विराटनगर, १६ मंसिर / चिसोबाट बृद्धबृद्धाहरुलाई जोगाउने उद्देश्यले नेपाल औषधी संञ्चालक संघ,केन्द्रीय तदर्थ समिति विराटनगरले आज विराटनगर महानगरपालीका –८ स्थित विराटेश्वर बृद्धाश्रममा आश्रय लिइरहेका बृद्धबृद्धाहरुकालागि एक दिने निःशुल्क स्वास्थ्य शिविर तथा न्यानो कपडा वितरण गरेको छ ।

मेडिकल ल्यावोरेटरी एशोसिएसन अफ नेपाल(मेलान), संजिवनी अस्पताल विराटनगर, यूवा समुह देवकोटा चौकको सहयोगमा भएको निःशुल्क स्वास्थ्य शिविरमा बृद्धाश्रममा आश्रय लिएका ९६ वर्षीय बृद्ध बलबहादुर लामा कार्की सहित ४५ जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।

बृद्धबृद्धाहरुको संजिवनी अस्पतालका संञ्चालक डा. रोशन खड्का सहित अन्य चिकित्सकहरु डा. आलोक राय, डा.संजय यादव र सिनियर नर्स रोजिना गुरूङले स्वास्थ्य परिक्षण गरेका थिए । स्वास्थ्य परिक्षणका क्रममा बृद्धबृद्धाहरुमा स्वासप्रस्वास, हाडजोर्नि दुख्ने, रुघा खोकी, प्रेसर , सुगर, कमजोरीपन , पेट सम्बन्धी रोगहरु देखिएको डा. रोशन खड्काले जानकारी दिएका छन् । निःशुल्क स्वास्थ्य शिविरमा विरामी देखिएका बृद्धबृद्धाहरुलाई करिब ५० हजार रूपैयाँ बराबरको औषधी समेत निःशुल्क वितरण गरिनुको साथै उनिहरुको विभिन्न किसिमको रगत परिक्षण समेत निःशुल्क गरिएको छ ।

आश्रमका संञ्चालक जगतप्रसाद अर्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उनि सहित नेपाल औषधी संञ्चालक संघ,केन्द्रीय तदर्थ समितिका अध्यक्ष देशबन्धु ढकाल, वरिष्ठ उपाध्यक्ष गणेश थापा, वडा नंम्बर ८ का वडाध्यक्ष निश्चल अर्याल , डा. रोशन खड्का , नेपाल औषधी ब्यवसायी संघका निवर्तमान अध्यक्ष लक्ष्मण माझी, देवकोटा चौक युवा समुहका सचिन श्रेष्ठ, सन्तोष सापकोटा, लगायतले ५२ जना बृद्धबृद्धाहरुलाई न्यानो कपडा वितरण गरेका थिए । उनिहरुलाई ओड्ने कम्बल, जाडोमा लगाउने न्यानो चप्पल वितरण गरिएको थियो ।

चिसो बढ्न थालेपछि आश्रममा बस्दै आएका असहाय बृद्धबृद्धाहरु विरामी हुने र पैसा अभावका कारण उपचार नपाइकन मृत्यु समेत हुनसक्ने भएकोले त्यसबाट बचाउने र चिसोबाट जोगाउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर र न्यानो कपडा वितरण गरिएको आयोजक संस्था नेपाल औषधी संञ्चालक संघ, केन्द्रीय तदर्थ समितिका संयोजक देशबन्धु ढकालले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर