पूर्वाञ्चल खबर
एचआइभी नियन्त्रण गर्न महानगरपालिका मात्र सम्भव नहुने भएकाले सबैको साथ सहयोगको आवश्य रहेको उनले बताए । ‘लागूऔषध दुव्र्येसेनीको संख्या बढ्दो छ,’ उनले भने, ‘यसलाई लिमिटेन्न पार्न महानगरपालिका लागि पर्छ ।’
कार्यक्रममा कोशी अञ्चल अस्पताल विराटनगरका प्रमुख डा.रोशन पोखरेलले नियमित रुपमा औषधी सेवनले एचआइभी संक्रमितको आयु बढने भएकाले नियमित औषधि सेवन गर्न सुझाब दिए । कार्यक्रममा जनस्वास्थ्य कार्यालय मोरङ प्रमुख चन्द्रदेव मेहता, एबीसि नेपालकी विष्णु शर्मा, स्पर्श नेपालका अध्यक्ष सन्जिव खड्कालगायले सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरे एचआइभी संक्रिमत न्यूनिकरणमा आउने बताए ।
मोरङमा एचआईभीको क्षेत्रमा एक दर्जन बढी विभिन्न संघसस्था सक्रिय रुपमा लागी परेर सचेतना फैलाएको कारणले एचआइभी संक्रमति घेटको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका चन्द्रदेव मेहताले बताए । कार्यालको अनुसार मोरङमा हालसम्म १ हजार ४ सय ५० जना एचआईभी संक्रमित रहेका छन् ।
एचआईभी सम्बन्धी सचेता मूलक नाटक
अवसरमा एचआईभी सम्बन्धी सचेतना मूलक नाटकसमेत मञ्चन गरिएको थियो । सुमेरु कला सरोबरको प्रस्तुतीमा ‘माया नै जीवन हो’ नामक नाटक मञ्चन गरिएको थियो । नाटकमा सन्तोष गौतम, राजकुमार राय, सर्वराज पाण्डे, जुना खड्कालगायतले अभियन गरेका थिए । शुवल मणि सापकोटाले उक्त नाटकको निर्देशन गरेका थिए ।