पूर्वाञ्चल खबर

मिलका सञ्चालक समितिले एक कार्यक्रम आयोजना गरी औपचारीक रुपमा मिल सुरु भएको जानकारी गराएको हो ।

१ करोड ३० लाख रुपैयाँ खर्च गरी मिल पुनः सञ्चालमान आएको विराटनगर जूट मिल्स लिमिटेड सञ्चालक समितिका प्रबन्ध निर्देशक नीलहरि काफ्लेले जानकारी दिए । उद्योगको विधिवत रुपमा सञ्चालनको सुरुवात गरिएको उनले बताए । कम्पनीका अधिकांश मेशिनहरु चल्ने स्थितिमा थिएनन् । त्यस्तै कम्पनी भवन, ढोका, झ्याल लगायतका भौतिक पूर्वधारहरुकोमर्मत सम्भारको लागि रकम उक्त रकम खर्च गरिएको थियो,’ उनले भने ‘त्यसका लागि काठमाडौं तथा हाल मिलमा कार्यरत विभिन्न इन्जिनियरका टीमहरुलाई परिचालन गरो छौं ।’
अहिले पहिलेकै ६० प्रतिशत मेशिनहरु तथा अधिकांश भौतिक पूर्वाधारहरुलाई प्रयोगमा ल्याइएको छ । कम्पनी सञ्चानल भएसँगै २ सय ८५ संख्यामा कर्मचारी तथा कामदारले प्रतिदिन रोजगार पाउने छन् । त्यस्तै दैनिक कच्चा पदार्थ उपभोग गरेर ६ टन प्रतिदिन जुटका सामग्रीहरु उत्पादन गरिनेछ । उनका अनुसार निर्वाचन पछि दैनिक २० टन उत्पादन गर्ने लक्ष्य राखेको बताए । मुख्य गरी कम्पनीले जुटको बोरा र जुटको सुत्ली उत्पादन गर्ने जनाएको छ ।
स्वदेशमा खपत नहुने भएकोले अधिकांश उत्पादित समग्रीहरु भारतमा निर्यात गरिने कम्पनीका प्रबन्ध निर्देशक काफ्लेको भनाइ छ ।