AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पूर्व अर्थमन्त्रि पुन टेम्पोमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ मंसिर २०७३, सोमबार ०७:१९
3
Shares
विराटनगर/आइतवार विहान प्रेस सेन्टर मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा सेतो गाडीमा नेपाल पत्रकार महासंघ पुगेका पूर्व अर्थमन्त्रि तथा एमओवादी नेता बर्षमान पुन ‘अनन्त’ त्यही गाडीमा अन्तरवार्ताकालागि मकालु टिभी पुगेका थिए ।20161120_091350
समसामयिक राजनीतिक विषयमा अन्तरवार्ता दिन मकालु टिभीको स्टुडियो पसेपछि एक घण्टा भित्र आउने गरी ड्राइभरले गाडी कतै लिएर गए ।
अन्तरवार्ता दिन गएका पून एक घण्टा पछि निस्कन्छन भनेर कार्यकर्ता ढुक्क थिए । तर उनी आधा घण्टामा अन्तरवार्ता सकेर निस्किए । उनी निस्कदा गाडी थिएन । सँगै रहेका कार्यकर्ताले गाडी आउने समय सम्म पर्खन भने तर उनी मानेनन । विराटनगर हेर्दै जाउ भनी उनी निस्किए । नेताले भने पछि कार्यकर्ताले नमान्ने कुरै भएन ।
सिटी सफारीमा चढेर तीनपैनी पार्टी कार्यालय सम्म आउने इन्छा देखाएका उनलाई लैजान कर्यकर्ता सिटी सफारी खोज्दै थिए । त्यतीकैमा डिउटीमा खटिएका ट्राफिक प्रहरीले पूर्व अर्थमन्त्रि पुनलाई चिनिहाले । सिटी पर्खदै बसेका पुनलाई टेम्पो बोलाएर ‘वहाहरुलाई लगिदेउ भने ।’ टेम्पोमा चढेर धुलाम्मे विराटनगरको अवस्था नियालेर हेरे पुनले ।
उनी सवार टेम्पोलाई गन्तब्यमा पूर्याउन सादा पोसाकका प्रहरी र कार्यकर्ता मोटरसाइकल अघि पछि लागे । धरान रोड हुदै टेम्पोबाट धुलाम्मे विराटनगरलाई नियालेर हेर पूर्व अर्थमन्त्रि पुनले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर