कोरोना परीक्षणको दायरा बढाउन प्रदेश १ का जिसस प्रमुखहरुको माग

खबर पूर्वाञ्चल, १७ बैशाख २०७७, बुधबार १८:४६

विराटनगर / प्रदेश १ का जिल्ला समन्वय समितिका प्रमुखहरुले कोरोना परीक्षणको दायरा बढाउन माग गरेका छन् । उनीहरुले ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिलाई बढाउन माग गरेका हुन ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेसँगको भिडियो कन्फ्रेन्समा समन्वय समितिका प्रमुखहरुले क्वारेन्टाईनमा बसेकाहरुको अनिवार्य आरडिटी गर्नुपर्ने बताएका छन् । १४ दिने क्वारेन्टाईन अवधि सकिन लागेको भन्दै आरडिटीको दायरा बढाउन उनीहरुको माग छ । क्वारेन्टाईनमा बसेकाको संख्याको आधारमा किट पठाउन समन्वय समिति प्रमुखहरुले माग गरेका छन् ।

इलामका प्रमुख गणेश बरालले जिल्लामा आरडिटी किट अभाव भएको बताए । आरडिटी किट अभावका कारण क्वारेन्टाईनमा बसेकाहरुको परीक्षण गर्न नपाएको उनले गुनासो गरे । इलाममा स्वास्थ्यकर्मी र औषधिको पनि अभाव भएको प्रमुख बरालले बताए ।

झापाका प्रमुख सोमनाथ पोर्तेलले आरडिटी किटको अभावमा परीक्षण गर्न नसकीएको बताए । झापामा भारतलगायतका विभिन्न देशहरुबाट ९ सय प्रवेश गरेको उनले बताए । बाहिरीदेशबाट आएकाहरु अधिकांश होमक्वारेन्टाईनमा रहेकाले उनीहरुको आरडिटी अनिवार्य गर्नुपर्ने उनले बताए । आवस्यक किटको अभावमा परीक्षण हुन नसकेको उनले बताए । बोर्डरको सुरक्षामा कडाई गरिएको जिसस प्रमुख पोर्तेलले बताए ।

ते¥हथुमका प्रमुख शिव ढुंगानाले बाहिरी जिल्लाबाट आउनेहरुलाई अनिवार्य क्वारेन्टाईनमा राख्ने गरिएको बताए । क्वारेन्टाईनमा राख्न थालिएपछि बाहिरी जिल्लाबाट आउने घटेको उनले बताए । ते¥हथुममा ३ सय ७४ को आरडिटी गरिएको उनले बताए । आरडिटी गरिएका सवैको रिपोर्ट नेगेटिभ आएको उनले बताए ।

सुनसरीका प्रमुख गोपालराज भण्डारीले जिल्लामा आरडिटी किटको अभाव रहेको बताए । आवस्यक किट नहुँदा क्वारेन्टाईनमा राखेकाहरुको परीक्षण गर्न नसकीएको उनले बताए । सीमावर्ती क्षेत्रमा उच्च सर्तकता अपनाईएको जिसस प्रमुख भण्डारीले बताए । संखुवासभाका प्रमुख सुमन शाक्यले काठमाण्डौं लगायतका विभिन्न जिल्लाहरुबाट जिल्ला प्रवेश गरेकाहरुलाई क्वारेन्टाईनमा राखिएको बताए । संखुवासभामा स्वास्थ्यकर्मीको अभाव भएको उनले बताए ।

ओखलढुङ्गाका प्रमुख जयबहादुर श्रेष्ठले काठमाण्डौं र बाहिरी जिल्लाबाट प्रवेश गर्नेहरुको अनिवार्य आरडिटी गर्ने गरिएको उनले बताए । अहिलेसम्म २ सय ३१ जनाको परीक्षण गरिएको उनले बताए । परीक्षण गरिएका सवैको रिपोर्ट नेगेटिभ आएको उनले बताए ।

सामाजिक विकास मन्त्री घिमिरले हरेक जिल्लालाई दोश्रो चरणमा ३ सय ६० का दरले किट पठाईसकिएको बताए । प्रकोप भएका जिल्लामा आवस्यकताका आधारमा थप किट पठाईने उनले बताए । मन्त्री घिमिरेले १४ वटै जिल्लाका स्वास्थ्यकर्मीलाई शंकास्पद व्यक्तिको स्वाव संकलन गर्ने संवन्धिको तालिम दिईसकीएको बताए ।

काठमाण्डौलगायतका विभिन्न जिल्लाहरुबाट आएकाहरुलाई अनिवार्य १४ दिन क्वारेन्टाईनमा राख्नुपर्ने उनले बताए । मन्त्री घिमिरेले घडी हेरेर लकडाउन नखुल्ने भएकाले अंश अंशका रुपमा खोलिने बताए । वडा, पालिका, जिल्ला गर्दै लकडाउन खुल्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

arniko
kantipur
pabson Brt
GREDED
siddharth
brithfutur
PABSON MORANG

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५