RUMPUM
animated ellipse animated ellipse

उदाउँदो सूर्यलाई अर्घ(फोटो फिचर)

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० कार्तिक २०७४, शुक्रबार ०७:४४
3
Shares
विराटनगर, १० कार्तिक /उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पूजा समापन भएको छ । बिहिवार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर ब्रत बसेका भक्तजनहरुले आज विहान नदी तथा जलासयबाट उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पूजा समापन भएको हो ।

छठ पूजाकालागि विराटनगरको सिंघीया खोला, केसेलिया र नहरहरु बेहुली झै सिंगारिएको थियो । छठको पुजाका लागि गहुँ र चामलको पिठोबाट विभिन्न गुलियो परिकार बनाइन्छ ।

अन्नबाहेक फलफूल, ठकुवा, भुसुवा, खजुरिया, पुरुकिया, पानी अंगुर तथा मुला, गाँजर, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, ढाकी, माटोको हात्ती, ठूलो ढक्कीमा राखी ब्रतालुले उदाउदो सूर्यलाई अर्घ दिएका थिए ।

तस्वीरहरु -पुष्पराज थपलीया/ खबर पूर्वाञ्चल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर