AArya
RUMPUM
animated ellipse animated ellipse

आज घर-घरमा फूलपाती भित्र्याइँदै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ आश्विन २०७४, बुधबार ०९:३१
3
Shares
तस्वीर- पुष्पराज थपलिया/खबर पूर्वाञ्चल
विराटनगर, ११ असोज /  बडादशैंका नवरात्रिको आज सातौं दिन देशभर घर–घरमा फूलपाती भित्र्याइँदै छ । फूलपातिदेखि विजयादशमीसम्मलाई विशेष रुपमा मनाउने गरिन्छ ।

देवी कालरात्रिले चण्ड, मुण्ड र रक्तविज नामक राक्षसहरुको वध गरेको दिनका रुपमा महासप्तमी मनाउने गरिन्छ । फूलपातिको दिन कालरात्रि देवीको पूजा, आराधना गर्ने गरिन्छ ।

आश्विन शुक्लपक्षको सप्तमी तिथिलाई जनबोलीमा फूलपातीका रुपमा चिनिन्छ । आजकै दिन नवदूर्गा पूजास्थलमा केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक, जयन्तीलगायत फूलपाती भित्र्याइने चलन भएकाले सोही नाम जनबोलीमा रहेको हो ।

विराटनगरको काली मन्दिरमा आज विहाननैदेखि भक्तजनहरु पुजा गर्ने भिड देखिएको थियो । आज मन्दिर परिसरका भक्तजनहरुले खसी, बोका, हाँस र कुखुराको बली दिने गर्दछन् । फुलपातीकै दिन कालि मन्दिरबाट बलीको भार निकालेर नगरको विभिन्न परिक्रमा गरी विराटनगर–१० मा रहेको बङ्लामुखि मन्दिरमा लगेर बली दिने चलन रहेको छ ।  

काली मन्दिरमा बली दिदैं मन्दिरका स्वयमसेवक

बलीको भार बोकेर हिड्दै भक्तजन
स्वयमसेवककालागी खाजा तयार गर्दै कालीगढ

तस्वीरहरु-पुष्पराज थपलिया /खबर पूर्वाञ्चल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर