पूर्वाञ्चल खबर
आज आयोजकले विरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा आयोजक समितीका अध्यक्ष राजेश कुईकेलले क्लबले विगतमा गर्दै आएको प्रतियोगितालाई यस पटक अझ व्यवस्थित गरी सञ्चालन गर्न लागिएको बताए ।
स्थानिय खेलाडीलाई अवसर प्रदान गर्ने मुख्य उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको बताउँदै कुईकेलले प्रतियोगितामा केहि राष्ट्रिय स्तरका खेलाडिको समेत सहभागिता रहने बताए । असोज ३१ गते सम्म सञ्चालन हुने प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन सेभेन स्टार क्लब इटहरी सहित पूर्वाञ्चलका २० टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक हेमन्त ओझाले जानकारी दिए ।
कार्यक्रममा प्रतियोगिता सम्पन्न गर्नका लागि ४ लाख ५० हजारको आय व्यय विवरण समेत सार्वजनिक गरिएको छ । प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजारसँगै ट्रफी, मेडल र प्रमाण पत्र तथा उपविजेता टोलीले नगद ३१ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ बराबरको मोबाईल प्रदान गरिने र उत्कृष्ट ब्याट्सम्यान, बलर र फिल्डरलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।